होमपेज / राजनीति
इन्द्र बुढाथोकी मंसिर २८, सल्यान
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालो शैक्षिक सुधारको मुख्य पाटो भौतिक पूर्वाधार भएको बताएका छन ।
आइतबार प्रतिभा माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीको ६ कोठे भवन उद्घाटन गर्दै अर्थमन्त्री प्रकाश ज्वालाले शिक्षा क्षेत्र सुधारका लागि भौतिक पुर्वाधार पहिलो प्राथमिकता रहेको र शिक्षा क्षेत्र सुधारका लागि शिक्षक अभिभावक विद्यार्थी बिच सहकार्य हुन आवश्यक रहेको बताए ।
विद्यार्थी अध्ययन गर्ने स्थान राम्रो नभए उनिहरुको समेत पठनपाठनमा स्वतः समस्या हुने भएकोले राज्यको नजर यस तर्फ वढी रहेको उनको भनाई छ ।
बिद्यार्थी जीवन अत्यन्तै संघर्षशिल समय भएकाले जीवन सफल वनाउनका निम्ती कडा मेहनत गर्नुपर्ने उनले बताए । कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालय आव ०७५/०७६ को रु ५० लाख वजेट बाट ६ कोठे भवनको निर्माण गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले शिक्षा क्षेत्रमा छिट्टै सुधार ल्याउने नगरपालिका भित्रका सबै विद्यालयको अनुगमन गरि त्यसको पहिचान गरेर समस्या समाधान गरिने बताए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरी, नेकपा नगर अध्यक्ष कीर्तिवहादुर राना, नेकपा जिल्ला कमिटी सदस्य रमेशकुमार गौतम, राम खड्की, दिपक यरी, शिशिर थापा लगाएतकाले शम्बोधन गरेका थिए ।





.jpg)