होमपेज / राजनीति
इन्द्र बुढाथोकी फागुन ९, सुर्खेत
सुर्खेतको सिम्तागाउपलिकामा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा शिवरात्री महोत्सव २०७६ विविध सास्कृतिक कार्यक्रम तथा दोस्रो अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता शुक्रबार सिम्ता गाउँपालिकाको कोटको थुम्को महादेव मन्दिरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहिले आफुहरु राजनीति परिवर्तनको सस्थागत गर्दै विकासमा लागेको बताउनु भएको छ । भौतिक पुर्वाधार आवश्यकता भएको अब आफुहरु त्यता तिर लागेको बताए जनता अध्यारोमा बसेकाले अब उज्यालो दिन कर्णाली प्रदेश सरकार लागेको समेत बताएका छन ।
सबैले सास्कृतिक परम्परा क्षेत्रमा परिवर्तन ल्याउनु पर्ने त्यसलाई बजाइ राख्नु पर्नेमा जोड दिएका छन । शिवरात्रीको विगत भन्दा अहिले फरक हुदै गएको समेत बताउनु भयो । साथै आफू सिम्ताको लागि विकासमा लागि सधै सहयोग गर्ने बताएका छन । विशिष्ट अतिथि सुर्खेत क्षेत्र न १ प्रतिनिधि सभा सदस्य धु्रव कुमार शाही, प्रदेश सभा सदस्य क ठम्मर विस्ट, सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले ३९.१५ गरिबी रहेको र आफ्नो कार्यकाल भित्र ३०५ झार्न संघ, सरकार र प्रदेश सरकारले सहयोग गर्नु पर्ने जानकारी गराएका छन ।
प्रत्येक वर्ष पर्यटन वर्ष आयोजना गर्दै आएको सिम्ताको विकास र समस्याको बारेमा अतिथिहरुलाइ जानकारी गराएका थिए । कोटको थुम्को बारेमा जानकारी गराएको थिए । कार्यक्रममा सल्यान बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरि, जाजरकोट नलगाड नपा उप प्रमुख वालकुमारी बस्नेत, बारेकोट गाउपालिका उपाध्यक्ष ओम कुमारी शाहिले लगात रास्ट्रिय कलाकार स्थानीय सास्कृतिक झाक्री लगाएतको प्रस्तुत गरिएको थियो ।
दोश्रो अध्यक्ष खेलकुद प्रतियोगितामा भलिबल १२ टिम, महिला भलिबल २ टिम, व्याडमिन्टन, म्याराथन, म्युजिकल चेयर लागायतका खेलहरु सुरु हुने छन । महोत्सव ११ गते सम्म सन्चालन हुने आयोजनाले जानकारी दिएको छ । े





.jpg)