होमपेज / राजनीति
इन्द्र बुढाथोकी फागुन ९, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजनीतिक परिवर्तनको संस्थागत विकासमा लागि परेका बताएका छन् । लामो समयको संघर्षपछि राजनीतिक परिवर्तन भएको बताउदै मुख्यमन्त्री शाहीले त्यसलाई संस्थागत विकास तर्फ लागेको बताए ।
सुर्खेतको सिम्तागाउँपालिका आयोजित दोस्रो अध्यक्ष कम रनिङ सिल्ड प्रतियोगिताको शुक्रबार उद्घाटन् गर्दै उनले कर्णाली प्रदेशमा भौतिक पूर्वाधारको विकासको आवश्यकता भएकाले प्रदेश भौतिक पूर्वाधारको विकास तर्फ लागेको बताए । गणतन्त्र र स्थानीय सरकारको अनुभुति जनतालाई दिलाउने गरी प्रदेश सरकारले काम गरी रहेको उनको दावी रहेको छ । गाउँ घरमा अझै महिला हिसा, जातिय छुवाछूत, सामाजिक विभेद अन्त्य नभएको र त्यसको अन्त्य गर्न बताए ।
राणा शासन, पञ्चायत, र बहुदल सरकारले गर्न नसकेको काम आफुहरुले दस वर्षमा नै गरेको मुख्यमन्त्री शाहीले दावी गरे । विकास निर्माणमा तीन वटै सरकार लागि परेको र त्यसको लागि पहिले जनताको जीवनस्तर र आर्थिक स्रोत वृद्धि गर्न तीन तहका सरकार पर्नु पर्ने बताए ।





.jpg)