होमपेज / राजनीति
इन्द्र बुढाथोकी कात्तिक १४, सल्यान
सल्यान जिल्लाको पर्यटकीय चक्रपथ तथा रिङ्गरोड अनुगमन गरिएको छ । जिल्लाका ८ वटा स्थानीय तहलाई जोडिएर बनाएको उक्त रिङरोडमा अहिले काम भैरहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लगानीमा आव २०७६।०७७ को बजेटको रकमान्तर गरी अहिले बनगाड कुपिण्डे नगरपालिकामा रिङ्गरोडको काम भैरहेको छ । अघिल्लो बर्ष विनियोजित १० करोड जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने क्रममा यो मार्गलाई पहिलो नम्बरमा राखिएको संघिय सांसद टेक बहादुर बस्नेतले जानकारी दिएका छन । जिल्लाको ८ वटा स्थानीय तहलाई छोएर जिल्लाको पर्यटकीय क्षेत्रलाई जोडिएको महत्त्वपूर्ण सडकमा राखिएको पुर्व मन्त्री समेत रहेका बस्नेतको भनाई छ । अहिले उक्त सडक जलजला कम्पनी ४ करोडको २ वटा पार्ट बनाएर काम गरिरहेको छ ।
२ सय ६० किलोमीटर रहेको उक्त सडक १ सय ६० किलोमीटर ट्याक खोली सकेको र १ सय मिटर ट्याक खोल्न बाकी रहेको छ अब बाँकी ट्याक पनि छिट्टै खोलिने भएको छ । चक्रपथ निर्माणका लागि पटक पटक पहल गरिएको भन्दै उनले भने– “पहिला लाखमा बजेट हुने भएकाले मन भएपनि धेरै गर्न सकिएन अव त इतिहास जोडिएको बाटोमा लगानी गर्ने अवसर आएको छ यो सडकले राम्रो सम्भावना बोकेको छ ।”
संघीय सकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत विनियोजन गरेको १० करोड मध्य ४ करोडको लागतमा सल्यान पर्यटकिय चक्रपथ निर्माणका लागि बनगाडमा काम भैरहेको संघिय साँसद टेक बहादुर बस्नेतले जानकारी दिएका छन । उनले विकासका पुर्वाधारको सुरुवाती सडकसंग जोडिएकाले बाँकी काम पनि भैरहेको बताएका छन । कोरोना महामारीका कारण यो बजेटबाट अघिल्लो बर्ष काम गर्न नसकिएकोले विशेष समय मागेर रातो कितावमा उल्लेखित योजनालाइ नै निरन्तर काममा राखिएको हो ।
४ करोडमा कटिङ्ग र ग्याविङ्ग वालको काम भैरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमिर सुवेदीले जानकारी दिए । चक्रपथ ट्याक खुले पछि सल्यान जिल्लाका पालिका स्तरीय सहिदहरुको नामबाट सडकको नामाकरण गरिने सोचका साथ अगाडि बढेको सासद बस्नेतको भनाई छ ।
चक्रपथले बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिकालाइ छोएर चक्रपथ निर्माण हुने छ । चक्रपथ अनुगमन सासद बस्नेत, नेकपा जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरि सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमिर सुबेदी, सब इन्जिनियर टेकेन्द्र बिक, नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना ,निर्माण व्यवसायी मिलन डाङ्गी र तिलक राना लगाएत स्थानीयहरुको सहभागी रहेको थियो ।





.jpg)