ट्रेण्डिङ

होमपेज / राजनीति

तरुण दलको आयोजना सल्लीबजार सरसफाई

  इन्द्र बुढाथोकी २०७७ कार्तिक ६ गते बिहीबार १६:१७:०३ मा प्रकाशित

इन्द्र बुढाथोकी  ६ कार्तिक ।

तरुण दल नगर कमिटीको आयोजनामा सल्लीबजार सरसफाइ गरिएको छ । वडा दशै तथा तिहारको अवसरमा बनगाड कुपिण्डे नगरपालिका नगर कमिटीको आयोजनामा सल्लीबजार सरसफाइ गरिएको छ । 

हाम्रो सभ्यता हाम्रो शान, स्वच्छ बजार हाम्रो अभियान भन्ने उद्देश्यले सल्लीबजार बजार सरसफाइ गरिएको तरुण दलका नगर अध्यक्ष बिजय बस्नेतले बताएका छन । नगरपालिकाले बजार सरसफाइ नगरे पछि बजार दुर्गन्धित भएको भन्दै आफूहरुले बजार सरसफाइको आयोजना गरिएको बस्नेतले जानकारी दिएका छन ।

अध्यक्ष बस्नेतले भने  लामो समय भैसक्यो बजारमा फोहोर भएको नगरपालिक तथा जनप्रतिनिधि कसैलेनि चासो दियका छैनन अब हामि युवाले गर्नुपर्छ भन्दै यहाका जनप्रतिनिधि आफुले साझ बिहान चिया खाने गर्छ्न तर त्येहि चियापसलको अगाडी फोहर भएको देख्दैनन । त्यसकारण अब युवाहरू केही गर्नु पर्छ भने आफुहरुले आयोजना गरिएको बताएका छन । 

 बजार सरसफाइमा ६ न वडा अध्यक्ष पुरुशोतम आचार्य, नेपाली काङ्ग्रेस नगर सभापति टोप बहादुर भण्डारी,  तरुण दल लगाए तनेपाली काङ्ग्रेस कार्यकर्ताको सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रम बनगाड कुपिण्डे नगरपालिका मुख्य बजार सल्लीबजारको सबै चोकहरुमा सरसफाइ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top