ट्रेण्डिङ

होमपेज / राजनीति

बन्गाड कुपिण्डे नगरपालिका ११ मा नेकपाको सपथ ग्रहण

  इन्द्र बुढाथोकी २०७७ आश्विन ३० गते शुक्रबार ०६:५०:३६ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ३०,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपाले पार्टी एकताको कामलाइ तिव्रता दिन सुरु गरेको छ ।

  बिहिबार नगरपिालिकाको वडा नं ११ को आपचौरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित वडा कमिटीलाई सपथ ग्रहण कार्यक्रम सम्पन भएको हो ।

नगर अध्यक्ष कीर्तिवहादुर रानाले नब गठित वडा कमिटिलाइ सफल ग्रहण खुवाएका थिए । कार्यक्रम प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, नगर इन्चार्ज ज्ञानवहादुर वली, प्रदेश सल्लाहकार सदस्य गणेश बिसि, नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला कमिटी सदस्य धन बहादुर पुन, दिपक यरी, वीर बहादुर बुढा, कर्णाली परिषद सदस्य अकबर पुन, नगर कमिटी सदस्य गणेश चन्द, लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा वोल्ने बक्ताहरुले कांग्रेसको भ्रममा नपर्न आग्रह गरेका छन् ।

काङ्ग्रेस भ्रम फैलाउने र गुन्डागर्दी गर्नेकाम गरेको र यहाँका जनतालाइ यति कुराको मुल्यांकन गर्न उनीहरूले आग्रह गरेका छन । आफुहरुको सक्रियतामा सडक, खानेपानी पुगेको र  विद्युतसँगै सडकको स्तरवृद्धि गरिने नेकपा नेताहरुको भनाइ छ । 

गणेश परियारको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ । जसको सचिवमा दिलिप वलि लगाएत२५  सदस्यहरूले सफल ग्रहण लिएका छन । 
उक्त कार्यक्रम नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १० जनाले नेकपामा प्रवेश गरेका छन ।

नब प्रबेशीहरुले भने अब देश कम्युनिस्ट मै भएको र बनगाडमा ५० औं वर्ष सम्म काङ्ग्रेसले नेतृत्व गर्न नसक्ने भएकोले अब हाम्रो नगर बनाउने जिम्मेवार कम्युनिस्ट पार्टीमा भएकोले नेकपामा प्रवेश गरेको उनिहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top