होमपेज / राजनीति
सञ्जीव शर्मा असोज २९, सल्यान
कुमाख गाउँपालिका सल्यानले थप दुई वडा थप्ने निर्णय गरेको छ । बिहिबार बसेको आठौं गाउँ सभाले साविकका सात वटा वडालाई विभिजन गरेर नौ वडा बनाउने निर्णय गरेको हो ।
जनसंख्याको भौगलिक अबस्था तथा प्रशासनिक सुगुमता, पूर्वाधार विकासको अबस्था, आर्थिक सक्षमता, प्राकृतिक साधन स्रोतको उपलब्धता, भाषिक साँस्कृतिक लगायतका आधारको बिश्लेषण वडा पूनसंरचना गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरले बताइन ।
हालको वडाको सरचना सान्दर्भिक नदेखिएको हुनाले जसले गर्दा नागरिकलाई राज्यले प्रदान गर्ने सेवा सुबिधा सहज रुपमा प्रदान गर्न साबिकको कुमाखलाई ७ वडा बाट २ वटा वडा संख्या थप गरि ९ वटा वडा बनाई प्रदेश तथा केन्द्र सरकारलाई सिफारिस गरिएको उनको भनाई छ ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार पहिलो निर्वाचित सरकारले पालिकाको नाम, केन्द्र, वडाको सिमाना, संख्या र केन्द्रका बारेमा आवश्यक प्रक्रिया पुर्याएर निर्वाचन हुनु एक वर्ष पहिले नै संघीय सरकारले राजपत्रमा प्रकाशित गर्ने गरी गाउँसभाको दुई तिहाइले निर्णय गरेर पठाउन सकिने व्यवस्था अनुसार विशेष गाउँसभाले पास गरेको हो ।
थप गरिएका नयाँ वडा टोल विवरण
१. साबिकको ३ न वडाबाट गुरुदासे, तिमिले, चिनाली खाप्ले, सेरिपाटा गरि २०४३ जनसख्या भएको
२ साबिकको ४र ५ न वडा बाट बाल्ले, त्वालधारी, कोट, बाहुन गाउँ , सल्लेरी ,भारे तुषारे,ज्यामिरे, बस्नेत्ज्युला ( टाटा), बस्नेत्ज्युला (बेल्टाकुरा), बस्नेतज्युला ( टिकाचौर) बस्नेतज्युला (पोखरां) २७१९ जनसंख्या भएका २ वटा वडा थप गरि सिफारिस गरिएको छ ।
.jpg)
.jpg)





.jpg)