होमपेज / राजनीति
इन्द्र बुढाथोकी असोज २९, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपाले पार्टी एकताको कामलाइ तिव्रता दिएको छ । नगरपालिकाको वडा नं. १० को थापाचौरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवगठित वडा कमिटीलाइ सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, सचिव कर्णवहादुर वुढाथोकी, नगर इन्चार्ज ज्ञानवहादुर वली, जिल्ला कमिटी सदस्य मोतिलाल घर्ती, दिपक यरी, कर्णाली परिषद सदस्य अकबर पुन, नगर कमिटी सदस्य गणेश चन्द, हिरालाल वुढा, मुक्ति प्रसाद घर्ती, डिल्लीवहादुर खत्री र वडा अध्यक्ष मानसिंह पुरीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वोल्ने बक्ताहरुले कांग्रेसको भ्रममा नपर्न आग्रह गरेका छन् ।
२०४८ साल देखि यस क्षेत्रमा कांग्रेसले के गरेको थियोे र अहिले ३ वर्षमा के पाउनु भयो ? यहाँका जनतालाइ यति कुरा मुल्यांकन गर्न उनीहरूले आग्रह गरेका छन । आफुहरुको सक्रियतामा सडक, खानेपानी पुगेको र अब उक्त थापाचौरमा मावि विद्यालय स्थापना, विद्युतसँगै सडकको स्तरवृद्धि गरिने नेकपा नेताहरुको भनाइ छ ।
वडामा निमवहादुर वुढाथोकीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ । जसको सचिवमा विरवहादुर पुन, सदस्यहरूमा प्रेम वहादुर वली,मञ्जु विक,रेउति विक,वाले पुन,नर वहादुर पुन,सुकलाल परियार,टंक रोका,तेजवहादुर थापा,विरवहादुर पुन,हरि थापा,लिलाराज वुढा,धनवहादुर पुन,प्रतिमा थापा,खेमराज हमाल,विरवल पुन,डम्बर पुन,डम्बर पुन,मनवहादुर वुढा,सुकलाल रोका,लालमणि पुन,नविना हमाल,निमवहादुर कवर र गिता पुन रहेका छन् ।
उक्त कार्यक्रम केही दिन अघि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हरि कवर, चन्द्र घर्ती लगाएका व्यक्तिहरु पुनः नेकपामै फर्किएका छन् ।





.jpg)