ट्रेण्डिङ

होमपेज / राजनीति

नेताको पुजा होइन जनताको पुजा गर्न जरुरी छः नेता शाह

  इन्द्र बुढाथोकी २०७७ आश्विन २४ गते शनिबार १३:३०:०२ मा प्रकाशित

इन्द्र बुढाथोकी  २४ असोज, सल्यान 
 नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नेता राजिव बिक्रम शाहले नेताको भन्दा जनताको पुजा गर्नु पर्ने बताएका छन् ।  सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा कार्यकर्ता भेटघाटमा बोल्दै नेता शाहले काँग्रेस भित्रको गुटउपगुटलाई अन्त्य गरी अघि बढनु पर्ने बताए । 

नेताको गुनगान गाउने भन्दा जनताको आवाज उठाउने नेतृत्वका पछि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।  उनले भने अहिले सम्म जाजरकोट जिल्लाको जनताको विकासमा लागि परे अब समग्र रूपमा कर्णाली प्रदेशका दश वटै जिल्लाको जनताको लागि विकास गर्छु  ।

बिगतमा जनताको माझ नजाँदा बिगतको चुनावमा हार व्यहोर्नुपरेको बताउदै अब संघ संगठन बलियो बनाउन लाग्नु पर्ने बताएका छन । अन्य  राप्रपा लगाएत सानो पार्टीमा गएर कुनै भविस्य नभएको भन्दै उनले अब नेपाली काङ्ग्रेस लाग्नु पर्ने उनले बताएका छन ।

१४ औं महाधिवेशनमा नजिकै गर्दा उनले भने पार्टी भित्र गुडबन्दीमा लाग्नु भन्दा राम्रो र असल नेता छान्न सबैलाई आग्रह गर्नु भएको छ । उनले भने मलाई देउवाको गुडको भन्छन् त्यसो होइन आफू नेतृत्व गर्ने सक्ने नेताको पछाडि लागेको र अब सबैले आआफ्नो ठाउबाट राम्रो नेतृत्व छानेर पठाउन कार्यकर्तालाई अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top