होमपेज / राजनीति
इन्द्र बुढाथोकी असोज ९, सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले पार्टीका सबै कार्यक्रम स्थगित गरेको छ ।
जिल्लामा समुदाय स्तरमा कोरोना फैलिदै गएको र त्यसको असर जिल्ला भरी नै परेका कारण पार्टीका सबै स्थानीय तहका पार्टीका कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र सचीव कर्ण बहादुर बुढाथोकी (छाहारी) द्धारा हस्तान्तरण विज्ञप्तिमा कोभिड १९ नियन्त्रण तथा रोकथामका कार्यमा सवै एक जुट हुन आगेह गरिएको छ । असोज २२ गतेसम्मका लागि पार्टी सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । समुदायलाई कोरोनाबाट सुरक्षित गर्न गराउन आ आफ्नो क्षेत्रमा लागि पर्न पनि कार्यकर्तालाई आग्रह गरिएको छ ।






.jpg)