ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डेमा नेकपाको वडा कमिटी सपथ ग्रहण तिब्र

  इन्द्र बुढाथोकी २०७७ आश्विन ८ गते बिहीबार २१:००:२३ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ८ सल्यान 
 बनगाड कुपिण्डे नगरपालिकामा नेकपा सपथग्रहणलाई तिब्रता दिएको छ । बिहिबार  ५ न वडा कमिटीको सपथग्रहण सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष पिउपर खत्री र सचिव अर्जुन राना रहेको २५ सदस्य वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण सँगै नगरपालिकामा रहेका १२ वटै वडा कमिटीले पार्टी बिस्तार तथा सुदृढीकरणमा लाग्ने नगर अध्यक्ष किर्ती बहादुर रानाले जनाएका छन ।

वडा कमिटी सदस्यहरु तिलक परियार, प्रेम प्रकाश बुढाथोकी, लोक बहादुर बिष्ट, शारदा शाह, हेर्मा बिक, देविलाल बिष्ट, देव बहादुर बिस्ट, लालबहादुर शाहु, दल बहादुर राना, टेक बहादुर पुन, विरबहादुर राना, सम्झना खत्री, मोतिलाल परियार, गोपि सुनार, टेक बहादुर कामी, नन्दा राना, डिल बहादुर राना, कुल ब खत्री, पलभान पुन, डिल्ली घर्ती, हिरालाल राना, कालुसिह राना, तिलक सुनार लगाएत २५ सदस्यीय वडा कमिटीले सपथ ग्रहण गरेका छन । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बिगतका  मनमुटाव हटाएर अगाडि बढन सबैलाई आग्रह गरे । अब सल्यान नेकपा पुर्ण एकता भएको यहि सन्देश लिएर जनता समक्ष जान सबैमा आग्रह गरे । कम्युनिस्ट पार्टी नीति र बिधीमा चल्नु पर्ने उनको भनाई छ । जिल्ला अध्यक्ष भएको नाताले आफुले पार्टी निर्माणको लागि जस्तो सुकै जिम्मेवारी लिने तयार रहेको पुनको भनाई छ  ।

 नगर प्रमुख समेत रहेका पुनले सडक खानेपानी बिधुतका सम्बन्धि वर्षौं देखि नभएको विकास आफ्नो नेतृत्वको स्थानीय सरकारले विकास गरेको र यसलाई जनता माझ कम्युनिस्ट कार्यकर्ताले पुर्‍याउन उनले आग्रह गरे  ।  

 जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकीले क्रान्ति काम अझै बाकी रहेको र दुई ठुला कम्युनिस्ट पार्टीको एकताले अब पूरा हुने र त्यसको लागि सबै लाग्नु पर्ने बताए  ।   कम्युनिस्ट पार्टीको संगठनका बलियो हुन पर्ने र जनतालाई कम्युनिस्ट पार्टीमा संगठित गर्नु पर्ने उनको भनाई छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top