ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डेको चार र पाँचमा तरुण दल गठन

  इन्द्र बुढाथोकी २०७७ आश्विन ७ गते बुधबार २०:२७:४७ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ७, सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ र ५ मा तरुण दल गठन गरिएको छ ।

वडा ४ मा कमल वुढाथोकिको अध्यक्षता र वडा नं ५ मा डिल्लीराज वुढाथोकिको अध्यक्षतामा कमेटिले पुर्णता पाएको छ । वडा ५ को नाथेखोला नजिकै भएको कार्यक्रम ८० भन्दा वढिले नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला कार्य समिति सदस्य उषा रानाले जानकारी दिइन।

वडा नं ५ वडा सभापति तेजवहादुर रावतको सभाअध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि महासमिति सदस्य धुर्व राज पुरि,महासमिति सदस्य एकराज डाँगी,शारदा नगरपालिकाका प्रमुख तथा जिल्ला कार्य समिति सदस्य सुरेशस अधिकारी,जिल्ला समन्वय समिति प्रमुख केशवहादुर विष्ट,जिल्ला पार्टी उप सभापति निमवहादुर वली, महासमिति सदस्यीय प्रेमवहादुर डाँगी, महासमीत सदस्य टेकबहादुर रोका, क्षेत्रीय सभापति गोरखवहादुर केसी, जिल्ला पार्टी सचिव प्रकाश भण्डारी, वागचौर नगर सभापति जनक गौतम, क्षेत्रीय सह सचिव मेघलाल पुन, शिक्षक संघ अध्यक्ष एकराज वुढाथोकी, जिल्ला कमेटी सदस्य उषा राना, दुर्गा खड्का,दिपेन्द्र विष्ट, नगर सभापति टोपवहादुर भण्डारी, ६ नं वडा अध्यक्ष पुरुषोतम आचार्य नगर शिक्षक सघका अध्यक्ष सुरेन्द्र खड्का, तरुण दल अध्यक्ष विजय वस्नेतले धारणा राखेको जनाएको छ ।

बोल्ने अधिकास बक्ताले नेकपा सरकारको चर्को विरोध गरेका थिए । अब आउँँदो चुनावमा स्थानीय तह हुदै संघ, प्रदेश र केन्द्रमा नेपाली कांग्रेसको जित सुनिश्चित हुने कुराको संकेत देखिएको उनीहरुले जनाए । नेकपाले समालेको स्थानीय तह हुदै केन्द्र सरकार समेत पुरै असफल भएकोले आगामी चुनावमा जनताले नेपाली कांग्रेस चाहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top