ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा बनगाड कुपिण्डे नगरपालिका वडा कमिटीको सपथ ग्रहण सुरु

  इन्द्र बुढाथोकी २०७७ आश्विन ७ गते बुधबार २०:२१:४८ मा प्रकाशित

इन्द्र बुढाथोकी असोज ७ सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष दिपवहादुर वस्नेत र सचिव अमृत पुन रहेको २५ सदस्य वडा कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण सँगै नगरपालिकामा रहेका १२ वटै वडा कमिटीले पार्टी बिस्तार तथा सुदृढीकरणमा लाग्ने नगर अध्यक्ष किर्ती बहादुर रानाले जनाएका छन ।

वडा कमिटी सदस्यहरुमा दोर्ण यरी, यानवहादुर विसी, सम्झना विष्ट, देविलाल वुढा, चित्रवहादुर साहु, मोहन विसी, अमृति पुन, मणिराम विक, रामकुमार माझी, निम प्रसाद वुढा, ईमान सिंह वुढा, पवित्र पुन, शंकर यरी, विरवल खत्री, अमृत विक, लक्ष्मी शाही, कृष्ण वुढा, डिल्ली वुढाक्षेत्री, झनवहादुर विक, वालाराम शर्मा, इन्द्र वुढा, खिमलाल विक र प्रेम पुन सहित २५ सदस्यीय समितीले पुर्णता पाएको हो ।

पार्टीको आधार नै जनता भएको जनता बिना कुनै पनि पार्टी नेताको काम नहुने जनता नै पहिलो आधार भएको नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले बताउनु भएको छ । कम्युनिस्ट पार्टी समाजबाद निर्माणका लागि संघसंगठनका बनाउनु पर्ने समेत बताएका छन पार्टीले लिएका निर्णयहरु कार्यान्वयन गर्नु पर्ने बताएका छन । सल्यान जिल्ला संघीय सासद समेत रहेका बस्नेतले संचार तथा बिधुतिय क्षेत्रमा कम्युनिस्ट सरकारले ४० वर्षमा हुन नसकेको काम अहिले गरेको र सल्यान ६० प्रतिशात काम भएको र ४०प्रतिशत काम अबको दुई बर्षमा हुन बताउनु भएको छ । नेकपाको भावनात्मक एकताले पूर्णता पाउन सुरु भएदेखि आम कार्यकर्ता र शुभेच्छुकमा आशा पलाएको छ ।

पार्टी कामकाजका गतिविधिलाई सुष्मा ढंगले अघि वढाउन उहाँको निर्देशन रहेको छ ।
कार्यक्रम नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले बिगतका  मनमुटाव हटाएर अगाडि बढन सबैलाई आग्रह गर्नु भएको छ । अब सल्यान नेकपा पुर्ण एकता भएको यहि सन्देश लिएर जनता जान सबैमा आग्रह गर्नु भएको छ । कम्युनिस्ट पार्टी नीति र बिधीमा चल्नु पर्ने बताउनु भएको छ । जिल्ला अध्यक्ष भएको नाताले आफुले पार्टी निर्माणको लागि जस्तो सुकै जिम्मेवारी लिने तयार रहेको बताउनु भएको छ ।  नगर प्रमुख समेत रहेका पुनले सडक खानेपानी बिधुतका सम्बन्धि वर्षौं देखि नभएको विकास आफ्नो नेतृत्वको स्थानीय सरकारले विकास गरेको र यसलाई जनता माझ कम्युनिस्ट कार्यकर्ताले पुर्‍याउन उहाले आग्रह गर्नु  भएको छ ।
 जिल्ला पार्टी सचिव कर्णवहादुर वुढाथोकी क्रान्ति काम अझै बाकी रहेको र दुई ठुला कम्युनिस्ट पार्टीको एकताले अब पूरा हुने र त्यसको लागि सबै लाग्नु पर्ने बुढाथोकीले बताउनु भएको छ र त्यसको लागि कम्युनिस्ट पार्टीको संगठनका बलियो हुन पर्ने र जनतालाई कम्युनिस्ट पार्टीमा संगठित गर्नु पर्ने बताउनु भएको छ । 
साथै अन्य अतिथिहरु प्रदेश सल्लाहकार परिषद सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्य टोपवहादुर विष्ट, धनवहादुर पुन, दिपक यरी, रविराज शर्मा, नेकपा नगर अध्यक्ष कीर्तिवहादुर राना, सचीव गन्जमान बुढा र कर्णाली प्रदेश परिषद सदस्य  अकबर पुनले नवगठित वडा कमिटीलाइ शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top