होमपेज / राजनीति
इन्द्र बुढाथोकी असोज ५, सल्यान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले परिवर्तनका लागी पार्टी पंक्ति मिल्नुको विकल्प नरहेको बताएका छन् । नेताहरूको झगडा परालको आगो जस्तै भएको उनको भनाई छ ।
सोमबार नेकपा बनगाड कुपिण्डे नगरकमिटीको दोस्रो बैठ्कलाई शम्बोधन गर्दै ज्वालाले पार्टी निर्माणका लागि आफुले जस्तो सुकै अवस्थामा तयार रहेको र गुट उप गुट अन्त्य गर्ने र अब कसैले पनि गुटबन्दी गर्न नहुने उनले बताए । पार्टी भित्रका समस्या कमिटीमा छलफल गरेर हल गर्न समेत उनले आग्रह गरे । कमिटीका बैठकहरुलाइ नियमित गर्न समेत निर्देशन दिए ।
सल्यान प्रदेश सभा ख बाट निर्वाचित कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले रोजगार मुलक तथा आर्थिक उत्पादन तिर प्रदेश सरकारले कार्यक्रम ल्याएको समेत उनको दावी छ । समृद्ध नेपाल निर्माण सँगै विकास र परिवर्तनका लागी पार्टी पंक्ति मिल्नुको विकल्प नरहेको बताउनुभएको हो ।
केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज गुलाबजङ्ग शाहले कम्युनिस्ट सरकारले देश कहिले हुन नसकेको बिकास गरेको र त्यसको अब सबै मिलेर अपनत्व लिनु पर्ने बेला आएको बताए । दुई ठुला कम्युनिस्ट पार्टी एकता भए पछि देशमा स्थायित्व आएको र देशमा बिकासको मोडल फेरेको समेत उनको दावी छ ।
प्रदेश सदस्य तथा मुख्यमन्त्री राजनीति सल्लाहकार भिमप्रकाश शर्माले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याएको र कर्णालीका सबै वडामा वडा स्तरीय योजना बनाएर बेरोजगार जनतालाई रोजगार दिइने बताए ।
नगर कमिटीको दोश्रो पुर्ण बैठक सम्पन्न
सल्यान पश्चिम नेपाल कम्युनिस्ट पार्टी नेकपा बनगाड कुपिण्डे नगरपालिका नगर कमिटीको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
बैठ्कले नगरपालिका १२ वटै वडामा २५ सदस्यीय वडा कमिटी घोषणा गरेको छ ।
वडा कमिटी घोषणासँगै नगर कमिटीमा पठाउने १० जनालाई समेत सपथ खुवाएको छ । जसमा पुर्वमाओवादी केन्द्रबाट नगर कमिटीमा सिफारिस हुनेमा गणेश चन्द, धनवहादुर वस्नेत, नन्दलाल पुन, इन्द्रबहादुर वुढाथोकी, डिल्लीवहादुर खत्री र पुर्वएमालेबाट कमल वली, टेकेन्द्र विसी, घनवहादु पुन, हरिलाल विष्टर र ज्योती प्रकाश पुनलाई सिफारिस गरिएको छ ।
नगर कमिटी अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षतामा भएको वैठकको सञ्चालन सचिव गञ्जमान वुढाले गर्नुभएको थियोे ।





.jpg)