ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा नेकपा र काँग्रेसबिच कार्यकर्ता तान्ने होडबाजी

  इन्द्र बुढाथोकी २०७७ भाद्र ३० गते मंगलबार १५:५१:२५ मा प्रकाशित

इन्द्र बुढाथोकी  सल्यान भदौ ३०,सल्यान 
सल्यानमा चुनावी झल्को दिने गरी नेकपा र काँग्रेसले कार्यकर्ता तान्ने होडबाजी चलेको छ ।

एक अर्कोले धेरै कार्यकर्ता प्रवेश गरेको अहिले सामाजिक सञ्जाल भरि देखिन थालेका छन् । विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरसको वेप्रवाह दुवै पाटी कार्यकर्ता तान्ने होडबाजीमा लागेका छन् । 

 सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा २ र ३ का ६२ जनाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमवार भएको एक कार्यक्रममा उनीहरु पार्टी परित्याग गरेका हुन । वडा २ र ३ को तरुण दल गठनसँगै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

बामेको औलबेशिमा भएको कार्यक्रम केन्द्रीय नेता देखि जिल्ला स्तरका नेता र स्थानीय नेताहरुले उपस्थिति रहेको थियो । महाधिवेशन नजिकै गर्दा बनगाड कुपिण्डे नगरपालिका तरुण दलले संघसंगठन निर्माणकार्यमा तिब्रता दिएको नगर सभापति बिजय बस्नेतले जानकारी दिएका छन । कार्यक्रम वडा २ मा चञ्चल शर्मा अध्यक्षता २७ जना र वडा ३ मा इन्द्रबहादुर पुनको अध्यक्षतामा ५१ जनाको तरुण दल गठन गरिएको छ।

विप्लवका पुर्व नगर सेक्रेटरी शंकर वुढाथोकी सहित अधिकांश युवाहरु कांग्रेसको पार्टी सदस्यता लिएका छन् । नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, महासमिति सदस्य धुर्वराज पुरी एकराज डाँगी, नेत्र वलि, केशवहादुर विष्ट, सुरेश अधिकारी, शिक्षक संघका जिल्ला अध्यक्ष एकराज वुढाथोकी, जिल्ला कार्य समिति सदस्य उषा राना, दिपेन्द्र विष्ट, दुर्गा खड्का र वडा नं ६ का वडा अध्यक्ष पुरुषोतम आचार्य लगायतका नेताहरुले नव प्रवेशी युवालाई  नेपाली कांग्रेसको झण्डामुणि स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको पकट क्षेत्र मानिएको बनगाड कुपिण्डे नगरपालिकामा अहिले नेपाली काङ्ग्रेसले कार्यक्रमलाई तिब्रता दिनुको साथै पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएको छ । अवको आउदो चुनावमा नेपाली काङ्ग्रेस जित सुनिश्चित भएका बताएका छन । नेकपा सरकारले भ्रष्टाचार गरेको नातावाद, सत्ताको ज्यादती गरेको आरोप लगाएका छ्न । आफ्नो मान्छे समितिमा राख्ने र योजना समिति मार्फत लुटको खेती भैरहेको समेत नेताहरुले आरोप लगाएका थिए । नेकपाको राजनीति गतिविधि यो नगरमा शुन्य भएकोले राजनीतिक फाइदा यतिखेर नेपाली कांग्रेसले लिएरहेको छ ।
नेकपाका स्थानीय नेता तथा जनप्रतिनिधिहरु राज्यको सेवा सुविधामा डुवेको नेपाली कांग्रेसका नेताहरूको भनाइ रहेको छ । 

नेकपा बनगाड कुपिण्डे नगरपालिकाले भने नेपाली कांग्रेसले प्रचार गरे जस्तो नभएको जनाएको छ । ६२ जनाले प्रवेश नगरेको दावि गरेको छ । कार्यक्रम हेर्न गएकालाइ टीका लगाएको नेकपाको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top