होमपेज / राजनीति
तारादेव शर्मा भदौ २९, सल्यान
कर्णाली प्रदेश सरकारबाट बहुबर्षिय योजनाको रुपमा स्विकृत बागचौर खानेपानी योजना भवनको सोमबार एक कार्यक्रमकका बिच सिलन्यास गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भवनको सिलन्यास गरेका हुन ।
बागचौर नगरपालिकाको बागचौर लस्तम जिउला, थारमारे लगायतका करिब एक हजार घर परिवारलाई सेवा दिने लक्ष्य राखिएको छ । ३ करोड २९ लाख लागतमा खानेपानी योजना सञ्चालन भइरहेको छ ।
सिलन्यास कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्मा, उपभोक्ता समितिका अध्यक्ष ज्ञानेश्वर केसी, वडा न २ का का.वा अध्यक्ष टोप बहादुर डिसी लगायतको सहभागिता रहेको थियो ।





.jpg)