होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ १९, सल्यान
इलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी इन्चार्जको विषय लिएर बनगाडका नेकपा र काँग्रेस आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
नेपाली काँग्रेसको आडमा इन्जार्ज सरुवा गरिएको भन्दै नेकपाले विज्ञप्ती निकालेको दुई दिन पछि नेपाली काँग्रेसले विज्ञप्ती निकालेको छ ।
नेपाली काँग्रेस बनगाड कुपिण्डे नगर कार्यसमितिले आज एक विज्ञप्ती जारी गर्दै नेकपाको गैरजिम्मेवार र खराब नियतका साथ इलाका प्रहरी कार्यालयका इन्चार्ज सरुवाको विषयमा दुई तिहाइ सरकारले गरेको मनलाग्दो र नांगो हस्तक्षेप भएको उल्लेख गरिएको छ ।
प्रहरी इन्चार्ज खड्कालाई आफ्नै पार्टीको सदस्य जस्तो गरेर प्रतिपक्षी दल काँग्रेसलाई ठाडो आरोप लगाई आफ्नो पार्टीलाई बदनाम गर्ने कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खड्कालाई दुई दिन भित्र सरुवा भएको स्थानमा जान आग्रह गर्दै यदि नभएमा आन्दोलन गर्ने समेत नगर सभापति टोप बहादुर भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।





.jpg)