ट्रेण्डिङ

होमपेज / राजनीति

प्रकोप पिडितको घरदैलोमा सासंद शाह र मेयर पुन

अनाधिृकत रुपमा खनिएका सडकले प्रकोप निम्त्याउँदै 

  इन्द्र बुढाथोकी २०७७ भाद्र १६ गते मंगलबार १८:२२:५२ मा प्रकाशित

इन्द्र बुढाथोकी भदौ १६ सल्यान । 
कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा प्रमुख सचेतक गुलाबजङ्ग शाह र बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले  बाढीपहिरो पीडित परिवारलाई राहत दिनुको साथै बाढिपहिरो क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेका बाढीपहिरो पीडित परिवारलाई खाद्यन्न राहत सामाग्री हस्तान्तरण गरेका हुन ।  

गत भदौ २ गते राति १ आएको बाढीपहिरोले पसुराम बुढा र हिरा बुढाको बाढीले घर बगाउँदा परिवार घरवार बिहिन भएका छन् ।  मंगलबार बाढीपहिरोले क्षती भएको क्षेत्रको स्थलगत अनुगमन गरि शाह र पुनले ४ बोरी चामल, १० किलो दाल, ४ पोका नुन, ४ लिटर तेल राहत दिएका छन । 

मानविय क्षती नभएपनि पशुचौपाय र धनमालको क्षती भएको छ । वुढाको परिवार अहिले अर्काको घरमा बस्दै आएका छन ।

अनाधिृकत रुपमा खनिएका सडकले प्रकोप निम्त्याउँदै 

 स्थानीय स्तरमा खनिएका सडकका कारण गर्चे वजार, लाखर, मैनेनी गाउँ, बीउ¥यानी गाउँ, डोप्के १२ न वडाको निगाल्चुला समेत पहिरोको उच्च जोखिममा परेको छ । यस्तै वडा नम्बर ५ को  लाखरका केही स्थानीयको घरहरु समेत उच्च जोखिममा परेका छन् । बाढिले पहिरोले गर्दा गर्चे देखी सल्लीबजार सम्म बनगाड खोलाले सयौं  रोपनी खेती योग्य जमिन कटान गरेको छ । भने लगाएको धान बाली नस्ट गर्दा भोकमरी हुन सक्ने सम्भावना समेत रहेको स्थानीयले बताएका छन । 

 उक्त क्षेत्रमा विभिन्न ठाउमा बाढी पहिरो गएको कारण विभिन्न गाउहरु जोखिममा परेका छन । नाथखोलामा आएको बाढीले दोलखाको एक जना व्यक्ति बेपत्ता भएको छन भने उनको खोजिकार्या जारी रहेको छ ।  अहिले सम्म लास फेला परेको छैन ।

 पीडित परिवारलाई भेटदै सासद शाहले आफुले सरकार तर्फबाट हुने सक्दो सहयोग गर्ने बताए । सासद शाहले वास्तविक व्यक्तिहरुको क्षेतिको एकिन गरेर सिफारिस गर्न  समेत आग्रह गर्दै त्यसको लागि आफुले पहल गर्ने समेत बताएका छन । कर्णाली सरकारले सबै घरहरुको विमा गरेको र त्यस बिमा मार्फत घरबार बिहिनलाई तत्काल स्थानीय सरकार जिल्ला प्रशासन कार्यालयको सिफारिस सहित आएमा १ लाख रुपैयाँ र बेपत्ता भएका व्यक्तिलाई २ लाख रुपैया राहत  पाउने उनले बताए  । त्यसको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धि निकायलाई अनुरोध गरे  ।  

कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ नेकपा कर्णाली प्रदेश प्रमुख सचेतक समेत रहेका शाहले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बनगाड आएको बताए 
 ।
नगर प्रमुख गोविन्द कुमार पुनले पीडित परिवारलाई भेट्दै नगरपालिकाको तर्फबाट कार्यापालिकाबाट  निर्णय गराएर पीडित परिवारलाई राहत दिने बताए। आफ्नो स्वास्थ्य समस्या भएको कारण तत्काल पीडितलाई भेटन नपाउँदा आफू निकै दुखी भएको बताए  । साथै अविरल वर्षाका कारण बनगाड खोलामा रहेका खेतीयोग्य जमिन पुरै क्षेद विक्षेद बनाएले आफुले तत्काल नगरपालिका बाट प्राविधिक खटाइ  वास्तविक क्षेतीको लगत उठाइ जिल्ला प्रदेश र केन्द्र सरकार सङ्ग पहल गर्ने र खेती योग्य जमिनलाई  तत्कालको तटबन्धको व्यवस्था गर्न सम्बन्धि निकाय सङ्ग पहल गर्ने बताए  । नेकपाका जिल्ला अध्यक्ष समेत रहेका पुनले विकास निर्माण र विपती परेको अवस्था कसैले पनि राजनीति गर्न नहुने दावी गरे ।

साथै जिल्ला समन्वय समिति सदस्य आशा वलिले पनि पीडित परिवारलाई १ बोरी चामल, दाल, नुन, तेल, साबुन र चाउचाउ समेत दिएकी छन्  । 

सो अबसरमा जिल्ला समन्वय सदस्य आशा वलि, नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना, सचिव गन्जमान बुढा, रास्टिय शिक्षक संगठन कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, १ न वडा सदस्य रविराज शर्मा लगाएतको उपस्तिथि रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top