ट्रेण्डिङ

होमपेज / राजनीति

सासंद शाहीद्धारा बोटेचौर निगाल्चुला सडक अनुगमन

  इन्द्र बुढाथोकी २०७७ भाद्र १४ गते आइतबार १२:५९:२४ मा प्रकाशित

इन्द्र बुढाथोकी  ‌१४ भदौ ।

सुर्खेतको बोटेचौर निगाल्चुला सडक अनुगमन गरिएको छ ।

सुर्खेत क्षेत्र न १ का संघीय सांसद ध्रुव कुमार शाहि लगायतले सडक अनुगमन गरेका हुन । । प्रदेश राजधानी सुर्खेतबाट सिधै सल्यान निगाल्चुला चौरमा सडक जोडिएको सङ्गै अब यस क्षेत्रको फलफूल तथा जडिबुटी निकासीमा सहज हुने सासद शाहिले बताए ।

यसको लागि आँफुले आफ्नो निर्वाचन क्षेत्रसँग जोडिएकोले सडक स्तर उन्नतिको लागि थप पहल गर्ने समेत बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुर्खेत जिल्ला अध्यक्ष समेत रहेका शाहिले समग्र विकासको लागि सुर्खेत र सल्यानको लागि पहल गरि राख्ने  बताए ।

निगाल्चुलामा उत्पादन भएका स्याउ, टिमुर, आलु लगाएको निकासीमा समेत सहज हुन १२ न वडा अध्यक्ष गोविन्द डाङ्गिले बताए  ।  सांसद शाहिलाई निगाल्चुलाबासिले भव्य स्वागत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top