होमपेज / राजनीति
इन्द्र बुढाथोकी ८ भदौ, सल्यान
नेपाल तरुण दल बनगाड कुपिण्डे नगरपालिका नगर कार्य समिति सचीव कमल पुन माथी एक समुहले आइतबार राति खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहारबाट सचीव पुन गम्भीर घाईते भएका छन । उनको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भैरहेको छ ।
आइतबार राती सुर्खेतको सिम्ता गाउँपालिका ६ रिठाबोटमा एक समुहले बाटोमा हिडिरहेका पुनमाथी खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको पारिवारिक स्रोतले बताएको छ । उनको शरीरका विभिन्न ठाउमा खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट पेटमा बढी चोट लागेको छ भने शरीरका अन्य भागमा समेत चोट लागेको पुनको पारिवारिक श्रोतले जनाएको छ।
तरुण दलका नगर सचिव माथि भएको साङ्घातिक आक्रमणको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ । तरुणदलका नगर सचिब पुनमाथी ज्यानमार्ने उद्देश्यका साथ आक्रमण गरि घाइते बनाएको भन्दै नेपाली काँग्रेस बनगाड कुपिण्डे नगर कार्य समिति सभापति टोप बहादुर भण्डारीले एक बिज्ञपति निकाल्दै दोषी माथी कडा कारबाहीको माग गरेका छन । साथै तरुण दल बनगाड कुपिन्डे नगरकार्य समिति र नेपाल दलित बिद्यार्थी संघ लगायतले बिज्ञप्ति जारी गर्दै बिरोध गरेका छन ।
बिना कारण खुकुरी प्रहार गरिएको भन्दै कारबाहीको माग गरिएको छ। उक्त घटनाले नेपाली हरुको सभ्यता, सम्बन्ध,कानुनी राज्यको गम्भीर उल्लंघन गरेको बिज्ञप्तिमा लेखिएको छ। बिज्ञप्तिमा यथासिघ्र उच्च छानबिन गरि सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध बनाई खुकुरी प्रहार गर्ने दोषीलाई कारबाहीको माग गरिएको छ ।
राज्यको गम्भीर उल्लंघन गरेको बिज्ञप्तिमा लेखिएको छ। बिज्ञप्तिमा यथासिघ्र उच्च छानबिन गरि सत्य तथ्य पत्ता लगाई पिडितलाई न्याय र क्षतिपुर्ती उपलब्ध गराई खुकुरी प्रहार गर्ने दोषीलाई कारबाहीको माग गरिएको छ। नेपाली काङ्ग्रेस बनगाड कुपिण्डे नगरकार्य समितीका सभापति टोपबहादुर भण्डारी, नेपाल तरुण दल बनगाड कुपिण्डे नगरकार्य समिती सह सचीव सुसन केसि र नेपाल दलित विद्यार्थी संघ सभापति खिमलाल बिकले विज्ञप्ती जारी गरी घटनाको निन्दा गरेका छन ।





.jpg)