होमपेज / राजनीति
इन्द्र बुढाथोकी भदौ ८ सल्यान ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन ।
गत भदौ २ गते राति १ बजे आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् । सोमबार बाढीपहिरोले क्षती भएको क्षेत्र नजिकै पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बनगाड कुपिण्डे नगरपालिका ४ का वडाअध्यक्ष मोमत रोकालाई हस्तान्तरण गरेका छन् ।
५ न वडा कार्यालयमा च्युरामा पुगेर पीडित परिवारलाई भेट्नुको साथै जनताको दुख सुखमा सधै नेता तपाईहरुको साथमा र प्रदेश सरकार तपाईहरुको घरदैलोमा नै रहेको मन्त्री ज्वालाले बताउनुभएको छ । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आँफु बनगाड आएको बताए । घर बिहिनलाई प्रदेश सरकारले ३ महिना सम्म खानाको व्यवस्था गर्ने उनको भनाई छ ।
अविरल वर्षाका कारण बनगाड खोलामा रहेका खेतीयोग्य जमिन पुरै क्षेद विक्षेद बनाएले आँफुले तत्काल तटबन्धको व्यवस्था गर्न सम्बन्धि कार्यालयलाई निर्देशन दिइसकेको मन्त्री ज्वालाले बताए । वास्तविक क्षति भएको अवस्थामा स्थानीय सरकार, प्रशासन कार्यालयको सिफारिस भएर आएमा प्रदेश सरकारले तत्काल १ लाख रुपैया समेत दिने उनले बताए । तटबन्धको लागि गुरुयोजना बनाएर अगाडि बढने समेत उनको भनाई छ ।
साथै सल्ली चौरजाहारी सडक स्तर वृद्धिको लागि १६ करोड बजेट छुट्याएको र अझै आवश्यक पर्ने थप बजेटको लागि आफुले पहल गर्ने मन्त्री ज्वालाले बतए





.jpg)