होमपेज / राजनीति
इन्द्र बुढाथोकी सल्यान १४ साउन
पुसमा हुने जिल्ला अधिबेशनको तयारी तिब्रता दिएको नेपाली काँग्रेसले बुधबार नगर कार्यसमितीको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५१ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
नेताहरूले नातावादमा लागेको विकास निर्माणकाम गर्नु भन्दा भ्रष्टाचार गर्न तिर लागेको आरोप लगाएका छन । उक्त नगरपालिकामा अहिले कम्युनिस्ट नेताहरुको आलोचना हुन लागेको छ यस नगरपालिका कम्युनिस्टको पकट क्षेत्रमा मान्निन्छ ।
कार्यक्रममा ८ गते सम्पन्न तरुन्दल बनगाड कुपिण्डे नगरको प्रथम अधिवेशनका सदस्यहरुले पुर्णता पाएपछि सपथग्रहन गराइएको छ भने आजै तरुणदलको कार्यालय पनि उद्घाटन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा करिब १५१ जनाले प्रवेश गरेको छ्न जसमा वडा नम्बर १ बाट ५ , ३ न वडाबाट ४ जना, ६न वडाबाट ५६ जना , ७ न वडाबाट ६ जना , ८ न वडाबाट ७९ जना र ११ न वडाबाट १ जनाले प्रवेश गरेको जिल्ला सदस्य दुर्गा खड्का ले जानकारी दिए । त्यस्तै विभिन्न पार्टी परित्याग गरेर आउने कार्यकर्ताहरुलाइ पनि कार्यक्रममा सम्मान तथा स्वागत गरिएको थियो ।
पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, महा समिति सदस्य धुर्बराज रेग्मी, जिल्ला समन्वय सदस्य केश बहादुर बिष्ट, एकराज डिसि, निम बहादुर वलि, गोरखा केसि, सुरेश अधिकारी लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।





.jpg)