ट्रेण्डिङ

होमपेज / राजनीति

बनगाड कुपिण्डे नगरपालिकाले गत आर्थिक वर्षमा के कति काम गर्‍यो ?

  इन्द्र बुढाथोकी २०७७ श्रावण ९ गते शुक्रबार १७:०२:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन ९, सल्यान 
बनगाड कुपिण्डे नगरपालिकाले गत आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न योजनाका कामहरु सम्पन्न गरेको छ ।

 नयाँ सडकको ट्याक खोलेको ७१ वटा सडक योजनामा ६१ किलोमीटर ५ सय ३० मिटर , सम्पन्न गरेको छ भने स्तर उन्नति १६ वटा योजनामा २५ किलोमीटर ३ सय ७२ मिटर सडक स्तर उन्नति गरेको छ । 

 विद्यालय तर्फ  १६ लाखका २ कोठे भवन ६ वटा निर्माण भएका छन भने २० लाखका २ कोठे भव २ वटा निर्माण भएको मध्य १ वटा नगरपालिका बाट भने १ वटा ससद विकास कोष बाट सम्पन्न भएको इन्जिनियर महेश देवकोटाले जानकारी दिए। नगरपालिकाको आर्थिक सहयोगमा २८ लाखको ३ कोठे भवन निर्माणधिन अवस्था छ भने ७ लाख योजनाका ३ वटा शौचालय निर्माण भएका छन । 

६ लाख ५० हजार बराबरमा नव ज्योती माध्यमिक विद्यालय बाबियाचौर र सिद्धेश्वरी माध्यमिक विदालय निगाल्चुलामा बिज्ञान सामाग्री खरिद गरिएको छ भने माबी च्युरा र बनगाड क्याम्पसमा पुस्तकालय बनाएको छ । 

खानेपानी तर्फतिर २ वटा सोलार पम्पसेट, १ वटा  बिधुत पम्पसेट, ४१ वटा खानेपानी ट्याङ्की निर्माण ६२ वटा धारा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खडकाले जानकारी दिए। त्यस्तै सिँचाइ तर्फ २५ वटा पिसिसी गरेका ३४ सय ८० मिटरको छन भने २ वटा योजना २५० मिटरका आरसिसी बाट निर्माण गरिएको छ । 

मन्दिर ७ वटा ,मसानघाट प्रतिक्षालय २ वटा निर्माण गरिएको छ । त्यसै गरि ठेक्का मार्फत २ वटा बिध्यालय निर्माणधिन अवस्था रहेकाछन खानेपानी २ वटा खानेपानी ट्याङ्की र ७ वटा धारा निर्माण भएका छन । कुपिण्डे ताल पुर्वाधार गेट, टिक्ट काउन्टर रिटेनिङ ग्याविङ्ग बाल निर्माणधिन  छन भने सडक स्तर उन्नति देवस्थल नाम्रा औलवेशी बामे सडक निर्माणधिन छन भने स्वास्थ्य सेवा केन्द्रका वडा न २,४,८,११ को भवन निर्माण धिन अवस्थामा रहेका छन । 

साथै नगरपालिकाको गौरवको योजना प्रमुख प्रशासकीय भवन र मुलाखोला खेतागारा,खानिगाउ, मेल्टाकुरा किमटाकुरा लिफ्ट खानेपानीको योजना सुरु भएको छन । बिधुत तर्फ ४ लाखको गिठाचौर काम सम्पन्न भएको छ भन्ने २ करोड ३० लाख ठेक्का आह्वावान भैसकेको र अब छिटो खोल्ने तयारी गरिएको इन्जिनियर महेश देवकोटाले बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top