होमपेज / राजनीति
इन्द्र बुढाथोकी असार २१ सल्यान ।
बनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवनको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । भवन शिलाश्ब्न्यास नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरिले सयुक्त रुपमा शिलान्यास गरेका छन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले आफुहरु निर्वाचित भएको साढे तीन वर्षमा विभिन्न समस्या छिचोल्दै भवन शिलान्यास गर्न सफल भएको बताए । नगरपालिकाको प्रशासकीय भवन लगाएत गौरवको योजनाको काम अगाडि बढाएको र अन्य यस्ता थुप्रै योजनाहरुको लागि केन्द्र सरकार र प्रदेश सरकार सङ्ग पहल गरिरहेको बताए । उनले भने भवन बन्दैन कि भन्ने चिन्ता थियो अब त्यो चिन्ता हटेको छ । नगरपालिका भित्र अन्य धेरै भवन पनि बिस्तारै बन्ने प्रक्रियामा रहेको उनले बताए ।
नगर उप प्रमुख मन्जु यरिले पनि थुप्रै चुनौतीहरु पार गर्दै नगरको प्रशासकीय भवन शिलान्यास गरेको र आफ्नो कार्यकालमा भवन सम्पन्न गरि आउदो जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने बताइन । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले नगरपालिका गौरवका योजनाहरु विकास निर्माणकार्य अगाडि बढेको र सबै भन्दा नगरको महत्त्वपूर्ण योजना प्रशासकीय भवनको काम अगाडि बढ्ने बताए ।
नगरपालिकाको पहिचान नै भवन भएको र त्यसै आधारमा निर्माण व्यवसायीलाई काम गर्न अनुरोध गरे ।
नगरपालिकाको प्रशासकीय भवन साढे तीन तलाको २८ कोठाको भवन, बैठक हल, ४ वटा शौचालय, ७५ घनमिटरको खानेपानी ट्यांकी बन्ने इन्जिनियर महेश देवकोटाले जानकारी दिएका छन । ७ करोड २२ लाख लागत स्टमेट अनुसार बन्ने भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८ सय ४७ रुपैयामा १ वर्ष भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको छ ।
आफुले गौरवको योजना सबै ठाउँ बाट सहयोग भएमा तोकिएकै समयमा काम सप्पन्न गर्ने निर्माण व्यवसायी अर्जुन पण्डितले बताएका छन । १ न वडा अध्यक्ष शान्त कुमार यरिको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन रोजगार सयोजक भिम पुनले गरेका थिए ।





.jpg)