होमपेज / खेलकुद
इन्द्र बुढाथोकी माघ १७,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा प्रभाकर मावीस्वर्ण १२, रजत १०, कास्य ८ सहित प्रथम, त्यसै गरि कृष्ण इङलिस बोर्डिङ स्कुल देवस्थल स्वर्ण ५ रजत ७ कास्य २ सहित दोश्रो र श्री त्रिभुवन जन मावी च्युरा स्वर्ण ५, रजत ६, कास्य ६ सहित तृतीय भएका छन ।
विभिन्न पदक ल्याउने विद्यालयलाइ नगर प्रमुख कर्ण वहादुर वुढाथोकि, उप प्रमुख पुरुषोत्तम आचार्य ,प्रमुख प्रशासकिय अधिकृत जगत वहादुर घर्ती र अन्य जनप्रतिनिधिहरुले मेडल सहित प्रमाणपत्र वितरण गरेको जनाएको छ ।
त्यसै गरि अन्य विद्यालय लङग्रिनको स्वर्ण ३ कास्य ४,मुक्ति मावि स्वर्ण १, रतज १ कास्य ४, नवजोति मावि स्वर्ण २ ,कास्य १, कृष्ण मावि स्वर्ण २,कास्य १, सिद्धेश्वरि मावि रजत ३ कास्य २, महेन्द्र मावि आँपचौर,रजत २ कास्य१,प्रतिभा मावि जयतपानि रजत १ कास्य १ रहेको खेलकुद विकास समितिका अध्यक्ष रिमवहादुर विष्टले जनाए ।
तीन दिन सम्म संचालन हुने खेल चार दिन सम्म संचालन भएको थियो भने नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनुको साथै आउँदा दिनहरूमा पनि यस्तै खेलहरु संचालन गरिने समेत बताउनु भएको छ । नगरपालिका १० वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो ।





.jpg)