होमपेज / खेलकुद
इन्द्रबहादुर बुढाथोकी माघ १२ सल्यान ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ मा तेस्रो वडा अध्यक्ष कप सुरु भएको छ । खेलमा विभिन्न टाेलबाट विभिन्न विद्यामा खेलाडी सहभागी भएको वडा अध्यक्ष गणेश विसिले जानकारी दिनु भएको छ।
पुरुष तथा महिला भलिबल,डाेरि तान्ने रस्साकस्सि महिला तथा पुरुष,सट्फुट महिला तथा पुरुषका निम्ति विभिन्न इभेन्टहरुमा वडाका विभिन्न टाेलहरुबाट सहभागी भएको जनाएको छ
।पुरुष भलिबल तर्फ १२ वटा टिम,महिला भलिबल तर्फ ५ वटा टिम,महिला रस्साकस्सिमा ६ जना,पुरुष ५,सट्फुटमा पुरुष ८ र महिला २ जनाले भाग लिएको वडा सचिव जनक कोइरालाले जानकारी दिनु भएको छ ।
तेस्रो वडा अध्यक्ष कप उद्वघाटन नगर उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पुरुषाेत्तम आचार्यले गर्नु भएको थियोे भने वडा अध्यक्ष विसिकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव जनक काेइरालाले गरेको जनाएको छ ।
उदघाटन सत्रमा वडामा कृषाशिल सम्वद्द राजनीतिक दल,विभिन्न निकाय,खेलाडी र खेलप्रति चासो राख्ने स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियोे ।खेल ३ दिनसम्म चल्ने वताएकाे छ ।





.jpg)