ट्रेण्डिङ

होमपेज / खेलकुद

तेस्रो त्रिवेणी गोल्ड कपको उपाधि सल्यान बनगाडलाई

  इन्द्र बुढाथोकी २०८० कार्तिक १७ गते शुक्रबार ०७:३९:२३ मा प्रकाशित

कात्तिक १७,सल्यान 
तेस्रो त्रिवेणी कोल्डकप कर्णाली अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यान बनगाड कुपिण्डे नगरपालिकाले उचालेको छ । कर्णाली प्रदेशकै ठूलोराशी ३ लाख ३३ हलजार ३ सय ३३ रुपैयाँको उपाधी बनगाड कुपिण्डे नगरपालिकाले उचाल्न सफल भएको हो ।

 यस्तै उपविजेता कालिकोटको खाडाचक्र नगरपालिका भएको छ भने तृतीय सुर्खेतको गुर्भाकोट नगरपालिका भएको छ । उपविजेता र तृतीय हुने टिमले क्रमशः २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ एक ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक कर्णाली सेवा समाजले जनाएको छ । 

अनुशासित र उत्कृष्ट खेल तर्फ भने सुर्खेत गर्भाकोट नगरपालिकाका समीर रावत घोषित भएका छन् । 
कात्तिक १३ गतेदेखि कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा प्रतियोगिता भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top