होमपेज / खेलकुद
पदम थापा भदौ १९,सल्यान
वडा स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि युनिभर्सल युवा क्लव भंगेरी बी ग्रुपले उचालेको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ ले आयोजना गरेको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भंगेरीले उचालेको हो । प्रथम भएको क्लवले ८ हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात पारेको छ ।
यस्तै लालिगुराँस युवा क्लब रातामाटाले दोस्रो स्थान हासिल गरेको छ भने युनिभर्सल युवा क्लब भंगेरी ए ग्रुपले तेस्रो स्थान हासिल गरेको छ र जनकल्याण युवा क्लब स्वाराले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुने क्लवले क्रमश ५ हजार, ३ हजार र १५ सय रुपैयाँ पुरस्कार हात पारेका छन् ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा वडाका ८ समूहले सभागिता जनाएका थिए ।
प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने क्लवलाई वडाध्यक्ष रुद्रबहादुर परियारले पुरस्कार, प्रमाणपत्र वितरण गर्नु भएको थियो ।





.jpg)