होमपेज / खेलकुद
इन्द्र बुढाथोकी पुस २५,सल्यान
बनगाड कुपिण्डे नगरपालिकाको राताचौरमा नगर स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको भलिबल खेलमा पुरुष तर्फ ८ वटा टिम र महिला तर्फ ५ वटा टिमको सहभागिता रहेको थियो ।
जसमा पुरुष तर्फ ५ न वडाको टिम प्रथम, ११ न वडाको टिम दित्तिय, १ न वडाको टिम तृतीय आएका छन् भने महिला तर्फ ११ न वडाको टिम प्रथम, ८ न वडाको टिम द्धितिय, ५ न वडाको टिम तृतीय स्थान हासिल गरेका छन् ।
मुख्यमन्त्री जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको लागि छनोट गर्नको लागि उक्त खेलको आयोजना गरिएको थियो । प्रथम, दित्तिय, तृतीय हुने भलिबल खेलाडीहरूलाई क्रममा प्रथम १५ हजार,, १२ हजार ५ सय र ८ हजार ७ सय ५० रुपैयाँ प्रमाणपत्र मेडल सहित पुरस्कार वितरण गरिएको छ । नगर उप प्रमुख मञ्जु यरिले खेल क्षेत्रमा विजेता टिमलाई हार्दिक बधाई तथा बाकी टिमलाई अर्को पटक जित्ने गरी आउन शुभकामना दिइन । अझै थप अभ्यास गर्दै जान र नगरपालिकाले थप खेल क्षेत्रमा सहयोग गर्दै जाने उनको भनाई छ ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख ध्रुबा कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सलेपा धनबहादुर विसिले गरेका थिए ।





.jpg)