ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सुनामि छाल बोकेर किनारा झम्टिन किनारा आयो

गजल

  तारादेव शर्मा प्रदर्शन २०७७ जेठ २६ गते सोमबार १८:०६:०९ मा प्रकाशित

सुनामि छाल बोकेर किनारा झम्टिन किनारा आयो ।
सोच्यो किनाराले अब भत्किनु पर्छ भाइमारा आयो ।

जसको चुहिने गाग्री मैले नचुहिने बनाइ दिएको थे,
उसैले भन्यो यो ताउले कुवा नगएर पो धारा आयो 

कसैको लागि यसरी टुकि बन्नु पनि दुर्भाग्य हो रहेछ ।
उज्यालो दिन आफू नै जल्नु पर्ने अभिभारा आयो 

बुहारीको आँखाले टिभी भन्दा अरु केही देख्दैनन् ।
आमा बाट फेरि नि मनतातो पानीकै इसारा आयो 

आफ्नै आमाको हत्या गरेर फरार भएको जो थियो ।
आज मेरो फैसला गर्न अदालतमा त्यै हत्यारा आयो 

प्रतिक्रिया

सम्बन्धित खवर

Top