ट्रेण्डिङ

होमपेज / कला/साहित्य

आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्‍यो ।

गजल

  तारादेव शर्मा प्रदर्शन २०७७ जेठ १३ गते मंगलबार ०९:३५:१६ मा प्रकाशित

आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्‍यो ।
यी हातबाट बा को चितामा आगो लगाउनु पर्‍यो । 

झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका
त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्‍यो ।

हिजो उसको छाती माथि पनि छट्पटी हुन्थ्यो ।
आज छातीमा तस्बिर राखेर छट्पटाउनु पर्‍यो ।

हरेक मान्छेहरु परिस्थितिको दासी बन्दारैछन् । 
मैले निस्तो लागि हजुरसङ्ग शिर झुकाउनु पर्‍यो ।

छिमेकी पटक(पटक सिमामा हर्कत गरिरहन्छ ।
निकाल्नोस बा दापको खुकुरी उदयाउनु पर्‍यो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top