होमपेज / कला/साहित्य
गजल
उसले भनेको कतिपय ठिक होईन कतिपय हो
माया पनि आफैंमा भर नभएको बिषय हो ।।
यसरि सोच्दा यति धेरै खुसी हुनु उचित नहोला
तिर्मो बिजय पनि त कसैको पराजय हो ।।
उसले भनेको कतिपय ठिक होईन कतिपय हो
माया पनि आफैंमा भर नभएको बिषय हो ।।
यदि कोहि घटेर अाउछ भने ख्याल राख
बिस्तारै लयमा आउने भनेकै प्रलय हो ।।
उसले भनेको कतिपय ठिक होईन कतिपय हो
माया पनि आफैंमा भर नभएको बिषय हो ।।
तिमिलाई त्यस पछि आङ्गालोमा बाधुला
यो त हात सम्म मिलाउन नहुने समय हो ।।
उसले भनेको कतिपय ठिक होईन कतिपय हो
माया पनि आफैंमा भर नभएको बिषय हो ।।
एकछिन सुस्ताएपछि उठेर जानैपर्छ
ए बटुवा यो संसार त केवल प्रतिक्षालय हो ।।
उसले भनेको कतिपय ठिक होईन कतिपय हो
माया पनि आफैंमा भर नभएको बिषय हो ।।





.jpg)