ट्रेण्डिङ

होमपेज / कला/साहित्य

कुमाखको रागेचौरमा सल्यान लोक साहित्य महोत्सव सुरु

  संजिब शर्मा २०७८ मंसिर २८ गते मंगलबार २०:३१:२६ मा प्रकाशित

सञ्जीव शर्मा मङ्सिर २८, सल्यान 

 हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान भन्ने मूल नारा सहित सल्यान कला साहित्य परिषद्को आयोजनामा सल्यान लोक साहित्य महोत्सव मङ्गलवार वाट कुमाख गाउँपालिकामा सुरु भएको छ । । 

परिषद्को आयोजना र कुमाख गाउँपालिकाको सहयोगमा  मङ्सिर २८ देखि पौष १ गतेसम्म सञ्चालन हुने महोत्सवमा लोपोन्मुख कला, संस्कृति र स्थानीय प्रतिभाहरू उजागर गर्न बहुचर्चित राष्ट्रिय कवि, गजलकार, कलाकार, साहित्यकार र स्थानीय प्रतिभाहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 सल्यान लोक साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको पहिलो दिन आज सल्यानी टप्पा, मयुर नाच, लहरे, सारङ्गी, पञ्चेबाजा, पैसेरी, स्थानीय प्रतिभाहरू प्रस्तुत गरिएको परिषद्का अध्यक्ष भरत रोकायले बताए । उनका अनुसार आज नै चौथो सल्यान गजल महफिल, आध्यात्मिक प्रवचन, स्थानिय गायक  गायिकाहरुको प्रस्तुति रहेको थियो ।कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट २ दर्जन भन्दा बढी गजलकार तथा कलाकार रागेचौर आइसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top