होमपेज / कला/साहित्य
म आज भोकै छु सुतेको पनि छैन ।
औसिको रात मा पानी पर्यो ।
छानो चुहियो ओछ्यान भिज्यो ।
बाल बच्चा रोयो करायो ।
त्यसैले आजमा भोकै छु सुतेको पनि छैन ।
आज म भोकै छु सुतेको पनि छैन ।
कोभिड आयो ज्याला मजदुर छैन ।
साहु ले रिन सापट पनि दिएन।
राहतको चामल आयन ।
उधारो चामल साहुले दिएन
त्यसैले आज म भोकै छु सुतेको पनि छैन ।
आज म भोकै छु सुतेको पनि छैन
मेरो झुपडीको झ्याल बाट घुस खादै गरेको हाकिम देखिन्छ
भ्रष्ट मान्छेको ताज महल देखिन्छ ।
अवैध खरिद वाला सुन देखिन्छ ।
अस्तित्व लुटिएकी महिला देखिन्छ ।
त्यसैले म भोकै छु सुतेको पनि छैन ।
मेरो झुपडीको झ्याल बाट
सुन्दर संसार देखिन्छ ।
ईमान्दारिता र सेवा को भाव देखिन्छ ।
डोको नाम्लो हलो र जुवा देखिन्छ ।
अन्याय अत्याचार शोषण दमन देखिन्छ
भ्रष्टाचारीहरुको अमन चयन देखिन्छ।
तसैले मैले खाएको पनि छैन सुतेको पनि छैन।
हिजो मरो जस्तै झुपडीमा बस्नेहरू ।
साहुकोमा हलो र कमैया बस्नेहरू।
गुन्द्रुक र आँटो ढिँडो खानेहरू ।
आज एकाएक ताज महलमा छन् ।
पजेराे गाडिमा छन् ।
मार्शि धान को चामल को खोजीमा छन् ।
बार होटेल र दोहोरी अनि रोदी हरुवा छन् ।
त्यसैले खाएको पनि छैन सुतेको पनि छैन ।
मैले खाएको पनि छैन सुतेको पनि छैन
म चाहन्छु गरिब हुनु मरिजानु
गरिब हुनु अन्याय अत्याचार नसहनु
मागिखानु भ्रष्टाचार नगर्नु
समाज सेवा गर्नु
अरूको भलो सोच्नु ।
एक मुठ्ठी श्वास रहुन्जेल देशमाया गर्नु ।





.jpg)