होमपेज / कला/साहित्य
तारादेव शर्मा असार २१,सल्यान
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले सल्यान कविता संग्रामको टप पाँचमा पुग्ने सफल प्रतिस्पर्धीको नामावली सार्वजनिक गरेको छ ।
जिल्लाको कला, साहित्य, संगीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोिगताको तेस्रो संस्करणमा टप पाँच सजर्क छनौट भएको राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका अध्यक्ष प्रविण भण्डारीले बताए ।
टप पाँचमा पर्ने सर्जकहरुमा कृष्ण कञ्चन, छविकिरण अधिकारी, मिना खड्का, आमोदशरण गौतम, र रमेश कार्की रहेका छन् । सल्यानी सर्जकहरुको कविता प्रतिको मोह र नेपाली कविताको श्रीवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा कविता विधामा कलम चलाउने देशको जुनसुकै भू भागमा रहेर पनि साहित्यलाई माया गर्ने सल्यानी साहित्य सर्जकहरु सहभागित भएको भण्डारीले बताए ।
सल्यान कविता सङ्ग्राम २०७८ को स्टेज कार्यक्रमको लागि हामी केही समय पश्चात् सूचना निकाल्ने उपाध्यक्ष इन्द्र भण्डारीले बताए । आउँदा दिनहरुमा पनि परिष्दले यस प्रकारका साहित्यिक गतिविधिहरु सञ्चालन गरी रहने उनको भनाई छ ।





.jpg)