ट्रेण्डिङ

होमपेज / कला/साहित्य

सल्यानमा ‘सल्यान कविता संग्राम’

  तारादेव शर्मा प्रदर्शन २०७८ जेठ २ गते आइतबार १३:५०:०९ मा प्रकाशित

तारादेव शर्मा जेठ २,सल्यान 
सल्यानमा ‘सल्यान कविता संग्राम’ हुने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानको आयोजनामा जिल्ला स्तरीय सल्यानमा ‘सल्यान कविता संग्राम’  हुने भएको हो ।

जिल्लाको कला, साहित्य। संगीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रम गर्न थालिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानका अध्यक्ष प्रवीण भण्डारीले बताए । सल्यानी सर्जकहरुको कविता प्रतिको मोह र नेपाली कविताको श्रीवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा कविता विधामा कलम चलायने देशको जुनसुकै भू भागमा रहेर पनि साहित्यलाई माया गर्ने सल्यानी साहित्य सर्जकहरु मात्र सहभागि हुन पाउने भण्डारीले बताए । 

सल्यान कविता संग्राम चार चरणको हुने, कविता कविताको आधारभुत नियम, सिद्धान्त भित्र रहनु पर्ने, पहिलो चरणमा एक  कविता पठाउनु पर्ने, कविता कुनै कृतिमा प्रकाशन र सामाजिक सञ्जालमा पोष्ट नभएको हुनु पर्ने उपाध्याक्ष इन्द्र भण्डारीले बताए । उनका अनुसार कविता जेठ १५ गते राती १२ बजेभित्र आइसक्नु पर्ने छ । पहिलो चरणमा उत्कृट १५ प्रतियोगिको नाम सार्वजनिक गरिने र दोस्रो चरणमा उत्कृष्ठ १० का ती उत्कष्ट १५ प्रतियोगिले फेरी एक एक कविता पठाउनु पर्ने उनले बताए  । 

उत्कृष्ट ५ का लागि उत्कष्ट १० प्रतियोगीले एक एक कविता पठाउनु पर्ने र उत्कष्ट ५ मा परेका प्रतियोगिहरुको नाम सार्वजनिक गरिने, उत्कष्ट पाँच प्रतियोगीबाट प्रथम प्रत्यक्ष कविता वाचन कार्यक्रम आयोजना गरिने भण्डारीले बताए । उत्कष्ट पाँच प्रतियोगी कार्यक्रममा उपस्थित भइ एक एक वटा कविता वाचन गर्नु पर्ने उनको भनाई छ । 
कविता संग्राममा प्रथम पुरस्कार सात हजार र प्रमाण पत्र, द्धित्तिय पुरस्कार ४ हजार र प्रमाणपत्र, तित्तिय पुरस्कार ३ हजार र प्रमाण पत्र, चौथो पुरस्कार २ हजार र प्रमाण पत्र र पाँचौं पुरस्कार १ हजार ५ र प्रमाण पत्र रहेको अध्यक्ष भण्डारीले बताए । 

कविता परिषद पदाधिकारीहरुको निम्न ठेगाना तथा व्यक्तिगत फेसबुक म्यासेन्जरमा पठाउनु पर्ने छ ।  प्रवीण भण्डारी –अध्यक्ष salyaniprabin@gmail.com   २ इन्द्र भण्डारी अंकित –उपाध्यक्ष ३ तारादेव शर्मा प्रदर्शन– सचिव salyaniprabin@gmail.com  ४ मनोजबाबु मनोहर–सहसचिव ५ सिर्जना विष्ट– कोषाध्यक्ष थप जानकारीका लागि सम्पर्क नम्बर ९८४७८४३०९४ ,९८६४३६३६५७  मा सम्पर्क गर्न सकिने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

 वीरेन्द्र शाही

बाघ

४ दिन अगाडि
कविता

सरकार तलब नबढा  !

३ हप्ता अगाडि
Top