ट्रेण्डिङ

होमपेज / कला/साहित्य

रुकुम साहित्यमालाको ६९ औं श्रृङ्खला प्रदेश राजधानी सुर्खेतमा सम्पन्न

  संजिब शर्मा २०७६ फाल्गुण १७ गते शनिबार १७:५२:२० मा प्रकाशित

फागुन १७ संजिब शर्मा
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पश्चिम) द्वारा हरेक महिनामा सञ्चालन हुँदै आईरहेको रुकुम साहित्यमालाको ६९ औँ श्रृङ्खला मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेतको व्यवस्थापनमा शनिबार सम्पन्न भएको छ  । 
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) काअध्यक्ष मनलालओलीको अध्यक्षता रहेको सो कार्यक्रममा प्रमुखअ तिथि कर्णालीप्र देशका कृषि तथा सहकारी विकास मन्त्री बिमला के.सी.विशेष अतिथिमाहरुमा गतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य डा. दीपक गौतम, कर्णाली प्रदेश सभा सदस्य देवीओली, अतिथिहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीयक्याम्पस वीरेन्द्रनगर सुखेतका क्याम्पस प्रमुख जस्वीर रोका, कर्णालीवाङमय प्रतिष्ठानका अध्यक्ष सीता यरी, प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका सचिव हरिलाल महतारा, साहित्यकारहरु युद्धविक्रम साही, खुमबहादुर खड्का, फुलमती खराल, समी साहित्य प्रतिष्ठानका संयोजक पदम शाही लगायतकाको सहभागिता रहेको थियो । चिरिञ्जीवि मल्लको स्वागत मन्तव्य रहेको उक्त
कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का सचिब प्रकाश केसीले गर्नु भएको थियो ।
 कार्यक्रममा करीब तीनदर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । त्यस्तै गरी व्यवस्थापकीय मन्तव्य मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेतका क्याम्पस प्रमुख जस्वीर रोकाले गर्नुभएको थियो । 
वाचित रचनाको समीक्षा साहित्यकार डा. दीपक गौतमले गर्नु भएको थियो ।  कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देवीओली र कर्णाली प्रदेशका कृषि तथा सहकारी विकास मन्त्री बिमला केसीले शुभकामना मनतव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top