होमपेज / कला/साहित्य
म देवानाको जस्तो जो कहानी तिम्रो पनि रहेछ !
पिरतीमा मुटुफोक्सो नोक्सानी तिम्रो पनि रहेछ !
भोको पेटकै लागि इमान बेच्यौ श्रम गर्न सकेनौ ।
भूगोल बेच्ने दलालको झैं बानी तिम्रो पनि रहेछ !
देख्नेले मेरो मात्रै आँखामा आँसुको मुहान देखे ।
मेरो सम्झनाले भिजेको सिरानी तिम्रो पनि रहेछ !
केै वास्ता छैन तेरो भन्थ्यौ तगारोमा पारेकीछ्यौ ।
बल्ल बुझे यार ममाथि बेइमानी तिम्रो पनि रहेछ !





.jpg)