ट्रेण्डिङ

होमपेज / कला/साहित्य

प्रेम दिवस

  संजिब शर्मा २०७६ माघ २६ गते आइतबार १९:२०:४० मा प्रकाशित

प्रेम दिवस र गुलाबका फूलहरू
फेब्रुअरी चाैध !
तिम्रो अागमनकाे प्रतिक्षामा स्वागताभिलासी 
धेरै प्रेमाेत्सुक मनहरू
फेसन बनेर उभिएको देखेँ
मलाई मन नपरेको दिन
सायद तिमी हाै ।

तिम्रो भ्यालेन्टाइनकाे नाममा 
प्रेमको कृत्रिम अभियानमा 
असङ्ख्य युवक, युवतीहरूका 
स्वप्निल अाकाङ्क्षाहरू राेपिन्टन्
बाँझो कल्पित खेतमा/बारीमा 
बीजहरू धेरैजसो 
माटाेभित्रै कुहिन्छन्
केही अङ्कुराएर 
कठ्याङ्ग्रिएर मर्छन् ।

प्रेमले कुनै महिना, गते र बार पर्खिंदैन
यसका लागि छेकबार हुँदैन ।
प्रेम भावनात्मक तरङ्ग हाे
प्रेम अन्तर्मनकाे उमङ्ग हाे ।

भ्यालेन्टाइन डे!
तिम्रो स्वागतमा 
असङ्ख्य गुलाबका फूल र काेपिला
वृथा बलि चढाइन्छन्
फेसनको लागि निरर्थक 
प्रणयका गाथा सुनाइन्छन्
मलाई मन नदिएर
फूल दिने संस्कृति मन पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top