ट्रेण्डिङ

होमपेज / कला/साहित्य

बर्षौ अघि देखिको यै इन्तजार हो रहर हो उस्को

गजल

  तारादेव शर्मा प्रदर्शन २०७७ श्रावण २८ गते बुधबार १५:३६:४२ मा प्रकाशित

ऊ यै कारण हिडेको छ मुस्कानको अधर लिएर ।
मेरो शिर आरोहण गर्यो मेरै पिठ्युँको भर लिएर !

यो गाउँको झुपडीमा खायो हैजाले बाआमालाई ।
हेर यसरी मर्नु पर्दैन जा‌उ छोराछोरी शहर लिएर !

बर्षौ अघि देखिको यै इन्तजार हो रहर हो उस्को ।
कहिले आउँछ दिलको त्यै मान्छे संयम्वर लिएर !

प्रेमील युगल प्रेमजोडी प्रेम बोकेर मन्दिर पस्छन् ।
यस्तै हो एक प्रेमी भट्टि पस्छ प्रेमको असर लिएर !

माथि तिर हेर्यो पहिरोको डर तल्तीर डर भेरीको ।
हामी अझै कति बाँचौ ओ सरकार यो डर लिएर !

प्रतिक्रिया

सम्बन्धित खवर

Top