ट्रेण्डिङ

होमपेज / कला/साहित्य

के सुनाउ साथी जताततै, बेहाल छ अचेल

  संजिब शर्मा २०७७ असार २६ गते शुक्रबार १३:४५:१४ मा प्रकाशित

के सुनाउ साथी जताततै, बेहाल छ अचेल 
जता गए नि १ उतै महाकाल  छ अचेल ।।
सङ्कटमा नेतृत्वले सहि, निकास दिने बेला 
भित्रभित्रै भुसको आगो, बालाबाल छ अचेल ।।
कौवाको चाल न हासको,चाल  छ सरकारको 
राजनितिक नक्शाले, टालाटाल छ अचेल ।।
मरे मरुन जनताहरु,कुनै मतलब छैन 
ओम्नि र यति समूह नै, फालाफाल छ अचेल ।।
रोग,भोग र शोकले जनता, टड्पिरहेको बेला
सत्ता चाहिँ कमिसनमा, मालामाल छ अचेल

प्रतिक्रिया

सम्बन्धित खवर

Top