होमपेज / स्वास्थ्य
माघ २४,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नसर्ने रोग सम्बन्धी पेन÷ पेन प्सस क्लिनिक र शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिण्डे नगरपालिकाको समन्वयमा भएको शिविरमा १९२ महिला र ६३ पुरुष गरी २५५ जनाले सेवा लिएका छन् ।
शिविरमा २९जनाले डेन्टल, ३९ जनाको रक्त परीक्षण, ४५ जनाले जाले मुखको क्यान्सर लक्षण सेवा र अन्य १४२ जनाले ओपिडी सेवा लिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । ४५जना मुख क्यान्सर लक्षण परीक्षण गर्दा २ जनामा रिर्पोट पोजेटिभ भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाले जानकारी दिनु भयो ।
शिविरमा बोल्दै बनगाड कुपिण्डे नगरपालिकामा मेयर कर्ण बहादुर बुढाथोकीले नागरिकलाई नजिकबाट सेवा प्रदान गर्नु पालिकाको दायित्व भएको बताउनु भयो । उहाँले नगरअस्पतालमा स्वास्थ्य सामाग्री देखि दक्ष जनशक्तिको समेत व्यवस्था भइसकेको बताउनु भयो ।
यस्तै स्वास्थ्य सेवा व्यवस्थापक डा. अर्जुन कुमार बुढा मगरले दुरदराज र ग्रामीण भेगमा रहेका र आर्थिक रुपमा कमजोर रहेका नागरिकलाई नसर्ने रोगका साथै यौनजन्य रोग तथा पाठेघर सम्बन्धी रोगहरुले ग्रसित हुनु परेकोले उहाँको सहजताका शिविर सञ्चालन गरिएको बताउनु भयो । पछिल्लो समय सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट नागरिक बढि पिडित बन्नु परेको बताउनु भयो ।





.jpg)