होमपेज / शिक्षा
भदौ १७,सल्यान
पढौँ पढाऔँ,निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ भन्ने मूल नाराका साथ सल्यान जिल्लामा पनि पुस्तकालय दिवस मनाइएको छ ।
जिल्लाका विभिन्न विद्यालयहरूले विद्यार्थी अभिभावक तथा शिक्षकहरूको अगुवाइमा विद्यालयमा विभिन्न क्रियाकलाप गरेर पुस्तकालय दिवस मनाएका हुन ।
साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयहरूमा शिक्षकहरूको अगुवाइमा करिब ४५ वटा विद्यालयहरूले पुस्तकालय दिवस मनाएका छन् ।
विद्यालय बन्द भएपनि दिवस मनाउन तथा बालबालिकाहरूको पढ्ने वानीमा विकास गर्न वालवाललिकाहरुलाई विद्यालयमा वोलाएर पढ्ने,पढाउने जस्ता क्रियाकलापहरू गरेर साक्षरता दिवस मनाइएको हो । पालिका स्तरमा आयोजना गरिएका पुस्तकालय उद्घाटन तथा पालिका स्तरका अन्य कार्यक्रम हरू विद्यालय बन्द भएर स्थगित गरिएको भएपनि विद्यालय आसपासका वालवाललिकाहरुलाई शिक्षक आफैले वालवाललिकाहरुलाई विद्यालय वोलाएर पुस्तकालय दिवसलाई महत्त्वका साथ मनाएका छन् ।





.jpg)