होमपेज / राजनीति
चैत १८,सल्यान
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु असफल भएको बताउनु भएको छ ।
आइतबार नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस, माओवादी, समाजवादी सहितको पाँच दलीय गठबन्धनले एमालेलाई धुलो चटाउने भनेर हिडेको तर असफल भएको बताउनु भयो । पाँच वटा दल मिल्दा पनि एमाले जतिको भोट ल्याउन नसकेकाले अहिले ति पार्टीहरुले एमालेलाई जित्न नसकिदो रहेछ भन्ने बुझिसकेको बताउनु भयो ।
अहिले एमाले माओवादी लगायतका दल मिलेर बनेको समिकरणलाई टिकाएर २०८४ सालसम्म कायम राख्ने बताउनु भयो । अहिलेको समिकरणलाई भत्काउन सबै देशि बिदेशी शक्तिहरु लागि परेकाले यसलाई बिचमा टुनन नदिनको लागि आफुहरु सचेत भएको बताउनु भयो ।
अहिलेको समिकरणलाई ०८४ सालको निर्वाचनसम्म टिकाए पनि ०८४ को निर्वाचनमा एमाले एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याउने मानसिकताका साथ अगाडी बढन् नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कसैको बैशाखी लिएर चुनाव जितौला भन्ने मानसिकता लिएर अगाडी बढे राम्रो नतिजा ल्याउन नसकिने भएकाले एक्लै बहुमत ल्याउने गरि तयारी थाल्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नु भयो, माओवादी, समाजवादीसँग मिलेर चुनाव लडिन्छ, किन दुख गर्ने भन्ने निस्क्रिय मानसिकता नराख्नुस, के थाहँ भोली प्रचण्ड कता लाग्नु हुन्छ, माधव कता लाग्नुहुन्छ ठेगान छैन, यस कारण हामीले आफनो तयारी आजै बाट थाल्नु पर्छ, । ०८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत एमाले सित भएकाले आजै बाट तयारी थालेर यसको आधार खडा गर्न उपाध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो ।





.jpg)