ट्रेण्डिङ

होमपेज / शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सल्यानका ५८ विद्यालय छनौट

  सरिता चलाउने २०७८ फाल्गुण ५ गते बिहीबार १६:३७:१७ मा प्रकाशित

सरिता चलाउने ५,सल्यान 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सल्यानका ५८ विद्यालय छनौट भएका छन् । चालु आर्थिक वर्षमा सिफारिस भएका १ सय ८६ विद्यालय मध्ये ५८ विद्यालय छनोट भएका हुन । 

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख लाल बहादुर घर्तीका अनुसार छानिएका विद्यालय मध्ये २ कोठे भवन १५ वटा, ४ कोठे भवन १५ वटा र आइसिटी ल्याब व्यवस्थापनमा २८ गरी ५८ विद्यालय छनोट भएका छन् । जसमध्ये बागचौर नगरपालिकामा सबैभन्दा बढी विद्यालय छनोट भएका छन् । बागचौर नगरपालिकामा ४ वटा विद्यालयमा दुई कोठे भवन, २ विद्यालयमा चार कोठे भवन र ३ विद्यालयमा आइसिटी भवन छनौट भएका छन् । 

शारदा नगरपालिकामा ५ विद्यालयमा आइसिटी, १ विद्यालयमा  दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन परेका छ । बनगाड कुपिण्डे नगरपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन, कपुरको गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे र एक विद्यालयमा चार कोठे भवन छनोट भएको छ । 

यस्तै कालिमाटी गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, ३ विद्यालयमा ४ कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, कुमाख गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा चार कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन, छत्रेश्वरी गाउँपालिकामा २ विद्यालयमा आइसिटी, २ विद्यालयमा दुई कोठे भवन र एक विद्यालयमा चार कोठे भवन छनौट भएको कार्यालयले जनाएको छ । 

यस्तै दार्मा गाउँपालिकामा २ विद्यालयमा आइसिटी, २ विद्यालयमा चार कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, सिद्ध कुमाख गाउँपालिकामा २ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन र त्रिवेणी गाउँपालिकामा २ विद्यालयमा आइसिटी र २ विद्यालयमा दुई कोठे भवन छनौट भएका छन् । 

चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवनका निर्माणका लागि १८ लाख र आइसिटी ल्याबका लागि ६ लाख ५० हजार रकम छुट्टाइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top