ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको एक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

  सरिता चलाउने २०७८ पौष १६ गते शुक्रबार १७:५८:४० मा प्रकाशित

सरिता चलाउने पुस १६,सल्यान

सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा  नम्बर २ सालघारीमा रहेको श्री महेन्द्र आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । कर्णाली प्रदेश समाज दक्षिण कोरियाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण  गरिएको हो । 

विद्यालयका एक कक्षा देखि पाँच कक्षा सम्मका ४६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको स्थानिय मेगराज बुढाथोकीले जानकारी दिए  । उनका अनुसार कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहयोगमा थान २०  र  दक्षिण कोरियामा रहेका सिद्ध कुमाख गाउँ पालिका भित्रका सम्पूर्ण युवाहरूको सहयोगमा २६ गरी ४६  थान कपडा वितरण गरिएको छ । चिसोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको बुढाथोकीको भनाई छ  । 

सामाजिक व्यक्तित्व प्रेम बोहराको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । सहयोग गर्ने कर्णाली प्रदेश समाज दक्षिण कोरिया र युवाहहरुलाई विद्यालय व्यवस्थापन समिति  र विद्यालय परिवारले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top