होमपेज / शिक्षा
कार्तिक ७, सल्यान
सल्यानमा एक बिद्यालयका प्रधानाध्यापकले आफुले राज्य बाट पाउने भत्ता बिद्यालयको कोषमा जम्मा गर्ने बताएका छन । जिल्लाको शिद्धकुमाख गाउँपालिकाको ढोरचौरमा रहेको श्री निराजन माध्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज घर्तीले आफुले राज्यबाट पाउदै आएको प्रअ भत्ता बापतको रकम बिद्यालयको आत्मनिर्भर कोषमा जम्मा गर्ने बताएका हुन ।
बिद्यालयमा न्युन दरबन्दी रहेको र आर्थिक समस्याले शैक्षिक सुधार गर्न बाधा पुगिरहेको बेला आफुले पाउने प्रअ भत्ता कोषमा जम्मा गर्ने बताए । बिद्यालयलाई आफनै स्रोत साधन युक्त गराउन र आर्थिक रुपले आत्मनिर्भर बनाउने उदेश्यका साथ बिद्यालयमा कोष खडा गरि सुरुवात गरिएको उनको भनाइ छ । उक्त कोषमा केही रकम जम्मा भैसकेको र आगामी दिनमा यसलाई मुर्तरुप दिने बताए । उक्त कोषमा आफुले पाउने प्रअ भत्ता बिधालयको कोषमा जम्मा गरि निराजन माबिको आत्मनिर्भर कोषलाई ठुलो बनाउँन बिद्यालय, संघसंस्था, समाजसेवी, शिक्षा प्रेमी लगाएत सरोकारवाला निकायले सहयोग गर्ने बिश्वास गर्नुभयो ।
प्रअ घर्तिले भने शैक्षिक सुधारमा बाधा पुगेको छ ,यो बिद्यालय जिल्लाकै आर्थिक,शैक्षिक गतिबिधिमा नमुना बिद्यालय बनाउने मैले सपना देखेको छु, जसको सुरुवात मैलै आफु बाट गरेको छु । मेरो आउने प्रअ भत्ता सबै आत्मनिर्भर कोषमा जम्मा गर्नेछु ।
सबैको सहयोगले बिद्यालय र बिधार्थीको भबिष्य उज्वल बनाउनमा सहयोग पुग्ने प्रअ घर्तिले बताउनु भयो । बिधालयको आत्मनिर्भर कोष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानध्यापक र लेखापालको संयुक्त नाममा संचालन गरिनेछ भने कोषमा जम्मा भएको रकमको ब्याज बाट बिद्यालयको आन्तरिक स्रोतका शिक्षकको तलव भत्ता र बिद्यालयको आवश्यक कामकाजमा खर्च गरिने प्रअ घर्तीले बताए ।





.jpg)