ट्रेण्डिङ

होमपेज / शिक्षा

सल्यानको त्रिवेणीमा स्थानीय पाठ्यपुस्तक

  सरिता चलाउने २०७८ भाद्र ३१ गते बिहीबार १७:३५:१३ मा प्रकाशित

सरिता चलाउने, भदौ ३१,सल्यान । 
सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गरेको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थल र स्थानीय पहिचानलाई समेटेर ‘हाम्रो त्रिवेणी ’ नाम दिइएको पाठ्यपुस्तक निर्माण गरेको हो  । 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ  । 

यस अघि कक्षा १ देखि ३ सम्म पाठ्यक्रम निर्माण गरी सञ्चालनमा ल्याई सकेको गाउँपालिकाले अहिले कक्षा–१ देखि ५ कक्षासम्म नै पाठ्यपुस्तक निर्माण  गरेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए। । नमुना कार्यक्रमको रूपमा निर्माण गरिएका पाठ्यपुस्तक यसै शैक्षिक सत्रदेखि गाउँपालिकाका भित्रका कक्षा १ देखि ५ सम्म सञ्चालन भएका सबै विद्यालयका १८ सय विद्यार्थीलाई स्थानीय पाठ्यपुस्तकको पढाइ सुरु हुने उनको भनाई छ ।  

स्थानीय पाठ्यपुस्तकमा गाउँका पर्यटकीय स्थल, रीतिरिवाज, रहनसहन, आदर सत्कार, भेसभुसा, मेला पर्व, जात्रा, गाउँपालिकाको भौगोलिक अवस्था, वडा कार्यालय, आर्थिक, सामाजिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, कृषि तथा त्यसको सम्भावना लगायतका विषय समेटिएको उनको भनाई छ  ।उनले भने  ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निमार्ण गरिएको हो ।’
 पछिल्लो समय गाउँको संस्कार संस्कृतिलाई  बालबालिकाले बिर्सन थालेको र  मौलिक संस्कृति रीतिरिवाज हराउन थालेपछि पाठ्यक्रमका माध्यमबाट प्रवर्द्धन गर्न खोजिएको उनको भनाई छ । 

गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यपुस्तकमा पूर्णाङ्क एक सयको हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्यले बताए । गाउँपालिकाले निर्माण गरेका पाठ्यपुस्तक विद्यालयका शिक्षकले नै पठनपाठन गराउने  उनको भनाई छ ।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज ९४० मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै दफा ११ ९ज० १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top