ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका ७ वटै क्याम्पसहरुमा अखिल क्रान्तिकारीको संगठन दर्ता

  हिमाल शर्मा २०८१ फाल्गुण १९ गते सोमबार २०:२६:१५ मा प्रकाशित

हिमाल शर्मा फागुन १९  सल्यान ।

  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सल्यानले जिल्लाका ७ वटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन २०८१  को माहौल तताएको छ । आगामी चैत ५ गते हुने स्वबियु निर्वाचनका लागि जिल्लाका सबै क्याम्पसमा क्याम्पस इकाई कमिटी गठन गरी आफ्ना गतिविधि गरिरहेको अखिल क्रान्तिकारीले सोमबार जिल्लाका सबै क्याम्पसमा सङ्गठन दर्ता गरेको अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वलीले बताएका छन् ।

जिल्लाका ७ क्याम्पसहरू  सल्यान बहुमुखी क्याम्पस, शिव जन क्याम्पस, जनकल्याण क्याम्पस, बनगाड क्याम्पस, कपुरकोट बहुमुखी क्याम्पस, फारुला बहुमुखी क्याम्पस, संखमुल क्याम्पसमा शान्तिपूर्ण तरिकाले सङ्गठन दर्ता गरेको अध्यक्ष वलीले बताए ।  त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म दर्ताको समयसीमा तोकिएको थियो । सोही समयसीमा भित्र  सङ्गठनको  उत्साहका उपस्थिति जनाउँदै सङ्गठन दर्ता गरेको उनले बताए । 

शिव जन क्याम्पस शितलपार्टी सल्यानका निर्वाचन अधिकृत कमल थापाले  दिनुभएको जानकारी अनुसार क्याम्पसमा अखिल क्रान्तिकारी, अखिल,  नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू ,अखिल नेपाल विद्यार्थी सङ्घ समाजवादी ,अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र युनियनले  आफ्नो सङ्गठन दर्ता गराएको बताउनुभयो ।

स्ववियु निर्वाचनको घोषणाले क्याम्पसका विद्यार्थीहरूमा अभूतपूर्व उत्साह छाएको छ । उनीहरूले आफ्नो मताधिकार प्रयोग गरी योग्य र सक्षम नेतृत्व चयन गर्ने मनसाय राखेका छन् । विद्यार्थीहरूले क्याम्पसको विकास र विद्यार्थीहरूको हकहितमा काम गर्ने नेतृत्वको आवश्यकता महसुस गरेका छन् ।अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वलीले बताए अखिल क्रान्तिकारीले आफ्नो  सङ्गठनहरूले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरूको हकहितको संरक्षण, खेलकुद तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन, पुस्तकालय र प्रयोगशालाको विकास लगायतका विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । क्याम्पसलाई विद्यार्थीमैत्री बनाउन र विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याउने आफ्नो सङ्गठनको प्रतिबद्धता हुने बताए 

स्ववियु निर्वाचनले क्याम्पसमा नयाँ नेतृत्व चयन गर्ने र विद्यार्थीहरूको आवाजलाई बुलन्द गर्ने अवसर प्रदान गर्नेछ । यसले क्याम्पसको शैक्षिक र सामाजिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top