होमपेज / राजनीति
हिमाल शर्मा चैत ११ सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा प्रतिष्ठाको विषय बनाएका राजनीतिक दलहरूले यस पटक पनि निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर मैदानमा होमिएका छन् । सघमा गठबन्धनको समीकरण फेरबदल भएसँगै जिल्लामा पनि गठबन्धन फेरबदल भएको छ । सत्तारूढ दल नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त व्यावसायिक प्यानल खडा गरेर उम्मेदवारी दर्ता गरेका छन् भने उता नेपाली काङ्ग्रेसले राप्रपा लाई साथमा लिएर निर्वाचनमा होमिएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृतका समाजवादी पार्टीको तर्फबाट वीरेन्द्र कुमार श्रेष्ठ लाई अध्यक्षका लागि अगाडि सारेको छ भने काङ्ग्रेस र राप्रपाको गठबन्धनले भरत बस्नेतलाई अध्यक्षको उम्मेदवार बनाएको छ । संयुक्त व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलवीर नेपाली , महासचिवमा मोहन सारू, सचिवमा रन बहादुर खडका, र कोषाध्यक्षमा नरेन्द्र बुढामगरले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी , महासचिवमा मान बहादुर वली , सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले उम्मेदवारी दिनुभएको छ । साथै महिला सदस्य, दलित सदस्य, जनजाति सदस्य, अल्पसङ्ख्यक सदस्य, खुल्ला सदस्य वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरू खडा गरेका छन् ।
सदस्यहरूमा संयुक्त व्यवसायी प्यानल बाट महिला सदस्यमा हिरा चन्द, विमला गिरी, गीता घर्ती, रहनुभएको छ भने दलित सदस्यमा प्रकाश परियार, जनजाति सदस्यमा हरि बहादुर गुरुङ, अल्पसङ्ख्यकमा मुस्तपा मिया रहनु भएको छ । यस्तै खुला सदस्यहरूमा गोफलो वली, चन्द्र बहादुर राना, वीर जङ्ग वली, छविलाल बिसी, वीर बहादुर डाँगी, लिलाध। शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री गरी २१ जनाको उम्मेदवारी परेको छ ।
यस्तै लोकतन्त्र व्यवसायी प्यानल बाट खुला सदस्यमा शङ्कर बुढाथोकी, शिवराज केसी, भद्र बहादुर बुढा, राजन भण्डारी, कल्पना डाँगी केसी, सुदिप सुनार, मान बहादुर वलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । महिला सदस्यहरूमा कमला अधिकारी, तिला कुमारी केसी, लालमती बस्नेत रहनुभएको छ भने जनजाति तर्फ डिल्ली बहादुर पुन मगर, दलित तर्फ हात्तीराम कामी, अल्पसङ्ख्यक तर्फ साहिलदास मिया र बस्तुगत सदस्यमा कर्ण बहादुर डाँगी महेन्द्रले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
निर्वाचन कार्यपालिका अनुसार चैत १२ गते उम्मेदवारको नामावली उपर दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय रहने र चैत १५ गते उम्मेदवारको नामावली उपर छानबिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ भने वैशाख ८ गते बिहान ८ बजे देखी साँझ ४ बजे सम्म मतदानको समय तोकिएको छ ।





.jpg)